२०८३ श्रावण १२
July 28, 2026, Tuesday

सप्टवेयरको समस्याका कारण लाइसेन्स वितरणमा समस्या

यातायात व्यवस्था कार्यालय दिपायल/ तस्बिर – शिखर समाचार


दिपायल- यायायात व्यवस्था कार्यालले सञ्चालन गर्ने आइडीएल सप्टवेयरमा देखिएको समस्याका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुन सकेको छैन । साउन महिनाबाट लाइसेन्स वितरण गर्ने अनुमति पाएको यातायात व्यवस्था कार्यालय दिपायल र डडेल्धुराले हालसम्म लाइसेन्स वितरण गर्न नसकेको हो ।

Advertisement

सवारी चालक अनुमतिपत्रका लागि लिखित पछिको प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेकै दिन अस्थायी सवारी चालक अनुमतिपत्र वितरण गर्नु पर्ने भए पनि डोटी र डडेल्धुरा कार्यालले भने वितरण गर्न सकेको छैन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि सम्पूर्ण प्रक्रिया पुरा गरि राजस्व समेत दाखिला सकेको चार महिना वितिसक्दा पनि अनुमतिपत्र पाउन नसकेको सेवाग्राहीहरुको गुनासो छ ।

ट्रायल पास गरेको ४ चार महिना वितिसक्दा पनि लाइसेन्स पाउने नपाउने कुनै टुंगो नरहेको शिखर नगरपालिका –१० का राजेश ठगुन्नाले गुनासो गर्नु भयो । “डोटी कार्यालयबाट प्रयोगात्मक परीक्षा पास गर्ने म पहिलो व्यक्ति हुँ,“उहाँले भन्नु भयो,“पास गरेकै दिन लाइसेन्स पाइन्छ भन्नु भएको थियो तर हालसम्म कुनै टुंगो छैन ।”

यातायात व्यवस्था कार्यालय दिपायलबाट हालसम्म ३६६ जनाले लेखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेको कार्यालय प्रमुख पूर्ण बहादुर शाहले बताउनु भयो । सो कार्यालयबाट ३१२ जना दुई पाङ्ग्रे सवारी चालक र ५४ जना चार पाङ्ग्रे सवारी चालक परीक्षामा पास भए पनि अनुमतिपत्र वितरण गर्न नसकिएको उहाँले बताउनु भयो ।

“लिखित र ट्रायल परीक्षा पास गरेपछि एक वर्षका लागि अस्थायी सवारी चालक अनुमतिपत्र दिने व्यवस्था छ,“उहाँले भन्नु भयो,“एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स वितरण गरिन्छ । तर, हामीले सप्टवेयरको समस्याका कारण अस्थायी लाइसेन्स समेत वितरण गर्न सकेका छैनौं । सप्टवेयरको समस्याका बारेमा विभाग र मन्त्रालयमा पटक–पटक जानकारी गराउँदा समेत समस्या समाधान हुन सकेको छैन । सेवाग्राहीले हामीमाथि प्रश्न गर्न थालेका छन् ।”

अस्थायी लाइेसेन्स वितरण गर्ने भनेर खरिद गरेको प्रिण्ट मसिन र कार्डहरु प्रयोगविहिन भएको कार्यालयले जनाएको छ । सप्टवेयरमा देखिएको स्यानो समस्या समाधानका लागि विभाग र सप्टवेयर निर्माण कम्पनीले चासो नदिदा अस्थायी लाइसेन्स वितरण सेवा अवरुद्ध भएको छ ।

यातायात व्यवस्था कार्यालय डडेलधुराबाट ५९२ जनाले लेखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेको कार्यालय प्रमुख हर्ष बहादुर रोक्काले बताउनु भयो । उहाँका अनुसार हालसम्म ४५९ जनाले दुई पाङ्ग्रे र १३३ जनाले चार पाङग्रे सावारी चालक अनुमति पत्रका लागि सेवा लिनु भएको छ । त्यहाँ पनि पूर्णरुपमा अस्थायी अनुमतिपत्र वितरण गर्न सकिएको छैन । “सुरुमा कार्यालयको नाम लामो भएका कारण समस्या आएको थियो,“उहाँले भन्नु भयो बीचमा समस्या समाधानको प्रयास भयो, पुनः समस्या देखिएको छ । भारतीय कम्पनीले निर्माण गरेको सप्टवेयरको समस्या कारण अहिले वितरण प्रक्रिया रोकीएको छ । हालसम्म २४४ जनालाई मात्र लाइसेन्स वितरण गर्न सकिएको छ ।”

विभाग र सप्टवेयर कम्पिनिले चाँडोभन्दा चाँडो समस्या समाधान गरेर लाइसेन्स वितरण गर्नु पर्ने सेवाग्राहीको माग छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP