२०८३ श्रावण ११
July 27, 2026, Monday

डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते


दिपायल – डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका- ५ बटाला गाउँका ६ जना घाइते भएका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार चितुवाले मगंलबार ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रम गरेको थियो । गोरु गोठका गएका र घरको आगनमा खेलीरहेका मानिसहरूमाथि एउटै चितुवाले क्रमसः आक्राम गरेको थियो ।

चितुवाको आक्रमणबाट शारदा देवी बटाला र उनका ४ वर्षका छोरा सिद्ध बटाला सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षिया हसिना बटाला र किथ्थी गिरी घाइते भएका हुन् । 

४ वर्षका सिद्ध बटाला र १५ वर्षिया लाली बटालाको अवस्था मध्यम र बाकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालक सिद्ध बटालालाई घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको त्यहाँका वडाध्यक्ष खड्क साउदले बताए । छोरालाई बचाउन गाएकी सारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । 

त्यसअघि गाउँ नजिकै रहेको जंगलमा गोठाला गएका लालि, किथ्थी, हसिना र पुस्पालाइ पनि सोही चितुवाले आक्रमण गरेको थियो । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।  चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP