२०८३ जेष्ठ २५
June 8, 2026, Monday

कुपोषित बालबालिकाको खोजी गर्दै सुआहारा

दिपायल – केआईसिंह गाउँपालिका – ४ अन्तरगत रहेका महिला स्वास्थ्य स्वयंमसेवीकाहरुसँग अन्तरक्रिया गरिएको छ । वायल स्वास्थ्य चौकीमा मंगलबार सुआहारा परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो।

Advertisement

सुआहारा कार्यक्रम अन्तरगत वायल स्वास्थ्य चौकीको समन्वयमा सोर्स नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडा भित्र रहेका कुपोषित बालबालिकाहरुको तथ्यांक पत्ता लगाउने विषयमा छलफल गरिएको सोर्स नेपालका कार्यकारी निर्देशक लाल बहादुर बिकले बताए ।

Advertisement

उनले भने वडा नम्बर ४ अन्तरगत रहेका कुपोषीत बालबालिकाहरु कती जना छन, तिनीहरुको अवस्था के कस्तो छ, भन्ने विषयमा पत्ता लगाउन स्वयंसेवीकाहरुलाई जानकारी गराएको बताए ।

बालबालिकाहरुलाई मुख्य तया होचा, ख्याउटे र पुड्कोपन हुनबाट बचाउन सहयोग गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंम सेबिकाहरुलाई कुपोषीत बच्चाहरु पत्ता लगाई स्वास्थ्य संस्थामा रिपोटीङ गर्न समेत जानकारी गराईएको छ ।

कुपोषीत बालबालिकाहरुको तथ्यांक लिन पाखुरामा मुआफ टेप प्रयोग गरिन्छ सोही अनुरुप धेरै कुपोषित, मध्ययम खालको र सामान्य खालको भनेर मापन गर्ने गरेको समेत कार्यकारी निर्देशक बिकले बताए ।

कार्यक्रमको सहजिकरण वायल स्वास्थ्य चौकीमा कार्यरत एम बी बी एस डा। ईन्द्र माझीले गरेका थिए । कार्यक्रममा वडा अन्र्तरगतका सम्पूर्ण महिला स्वास्थ्य स्वयंम सेवीकाहरुको सहभागिता रहेको थियो ।

सोर्स नेपालले सुआहारा कार्यक्रम अन्र्तरगत डोटी जिल्लाको केआई सिंह गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका र पुर्विचौकी गाउँपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP