Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

कुपोषित बालबालिकाको खोजी गर्दै सुआहारा

दिपायल – केआईसिंह गाउँपालिका – ४ अन्तरगत रहेका महिला स्वास्थ्य स्वयंमसेवीकाहरुसँग अन्तरक्रिया गरिएको छ । वायल स्वास्थ्य चौकीमा मंगलबार सुआहारा परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो।

Advertisement

सुआहारा कार्यक्रम अन्तरगत वायल स्वास्थ्य चौकीको समन्वयमा सोर्स नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडा भित्र रहेका कुपोषित बालबालिकाहरुको तथ्यांक पत्ता लगाउने विषयमा छलफल गरिएको सोर्स नेपालका कार्यकारी निर्देशक लाल बहादुर बिकले बताए ।

Advertisement

उनले भने वडा नम्बर ४ अन्तरगत रहेका कुपोषीत बालबालिकाहरु कती जना छन, तिनीहरुको अवस्था के कस्तो छ, भन्ने विषयमा पत्ता लगाउन स्वयंसेवीकाहरुलाई जानकारी गराएको बताए ।

बालबालिकाहरुलाई मुख्य तया होचा, ख्याउटे र पुड्कोपन हुनबाट बचाउन सहयोग गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंम सेबिकाहरुलाई कुपोषीत बच्चाहरु पत्ता लगाई स्वास्थ्य संस्थामा रिपोटीङ गर्न समेत जानकारी गराईएको छ ।

कुपोषीत बालबालिकाहरुको तथ्यांक लिन पाखुरामा मुआफ टेप प्रयोग गरिन्छ सोही अनुरुप धेरै कुपोषित, मध्ययम खालको र सामान्य खालको भनेर मापन गर्ने गरेको समेत कार्यकारी निर्देशक बिकले बताए ।

कार्यक्रमको सहजिकरण वायल स्वास्थ्य चौकीमा कार्यरत एम बी बी एस डा। ईन्द्र माझीले गरेका थिए । कार्यक्रममा वडा अन्र्तरगतका सम्पूर्ण महिला स्वास्थ्य स्वयंम सेवीकाहरुको सहभागिता रहेको थियो ।

सोर्स नेपालले सुआहारा कार्यक्रम अन्र्तरगत डोटी जिल्लाको केआई सिंह गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका र पुर्विचौकी गाउँपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!