२०८३ श्रावण ११
July 27, 2026, Monday

डोटी जेसिजद्धारा भूकम्प प्रभावित बाबालिकाहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण


दिपायल – डोटी जेसीजले भूकम्प प्रभावित बलबालीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । पूर्वीचौकी गाउँपालिका – ३ का भूकम्प प्रभावित बालबालिकाहरुका लागि गाउँपालिका मार्फत शैक्षक सामग्री हस्तान्तरण गरिएको हो ।

डोटी जेसिजका पदाधिकारीहरुले पूर्वीचौकी गाउँपालिकामा गएर पालिका अध्यक्ष रामप्रसाद उपाध्याय मार्फत उक्त सामग्री हस्तान्तरण गरेका हुन् । बालबालिकाहरुको पढाइमा सहयोग पुगोस् भनेर २० जना बालबालिकाहरुका लागि विद्यालय झोला, कपी, डटपेन, औजारबक्स लगायतका सामाग्री वितरण गरिएको डोटी जेसिजका अध्यक्ष गणेश कठायतले बताए । गाउँपालिका मार्फत प्रभावित बालबालिकाहरूलाई लक्षित गरेर हस्तान्तरण गरिएको उनले बताए ।

केसिजको सहयोगले भूकम्प प्रभावित क्षेत्रका स्कुले बालबालिकाको पढाइमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष जोशीले बताए । जेसिजका धन्यवाद दिँदै उनले सो सामग्री वास्तविक प्रभावित बालबालिकालाई वितरण गरिने बताए ।

कार्तिक १२ गते गएको भूकम्पका कारण सो ठाउँका दर्जनौं घरहरू भत्किएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP