Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

डोटी जेसिजद्धारा भूकम्प प्रभावित बाबालिकाहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण


दिपायल – डोटी जेसीजले भूकम्प प्रभावित बलबालीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । पूर्वीचौकी गाउँपालिका – ३ का भूकम्प प्रभावित बालबालिकाहरुका लागि गाउँपालिका मार्फत शैक्षक सामग्री हस्तान्तरण गरिएको हो ।

डोटी जेसिजका पदाधिकारीहरुले पूर्वीचौकी गाउँपालिकामा गएर पालिका अध्यक्ष रामप्रसाद उपाध्याय मार्फत उक्त सामग्री हस्तान्तरण गरेका हुन् । बालबालिकाहरुको पढाइमा सहयोग पुगोस् भनेर २० जना बालबालिकाहरुका लागि विद्यालय झोला, कपी, डटपेन, औजारबक्स लगायतका सामाग्री वितरण गरिएको डोटी जेसिजका अध्यक्ष गणेश कठायतले बताए । गाउँपालिका मार्फत प्रभावित बालबालिकाहरूलाई लक्षित गरेर हस्तान्तरण गरिएको उनले बताए ।

केसिजको सहयोगले भूकम्प प्रभावित क्षेत्रका स्कुले बालबालिकाको पढाइमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष जोशीले बताए । जेसिजका धन्यवाद दिँदै उनले सो सामग्री वास्तविक प्रभावित बालबालिकालाई वितरण गरिने बताए ।

कार्तिक १२ गते गएको भूकम्पका कारण सो ठाउँका दर्जनौं घरहरू भत्किएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!