२०७९ चैत्र १२
March 26, 2023, Sunday

पश्चिम सेती आयोजनाको काम प्राथमिकताका साथ अगाडि बढेको छ : प्रधानमन्त्री देउवा

कैलाली– प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना निर्माणको काम प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ। बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । 

पश्चिम सेतीसँगै उहाँले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा–कुलरिया सिँचाई आयोजना, महाकाली तेस्रो सिँचाई आयोजना लगायत ठूला परियोजनाका साथै मझौला तथा साना आयोजनाको निर्माण र सञ्चालनका लागि सरकार प्राथमिकताका साथ अगाडि बढेको उल्लेख गर्नुभयो। यी आयोजनाको निर्माण सम्पन्न भएपछि यो क्षेत्रको विकास हुने उहाँको भनाइ छ। 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा–कुलरिया सिँचाई आयोजना, महाकाली तेस्रो सिँचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह, महाकाली करीडोर निर्माणजस्ता ठूला परियोजनाका साथै अन्य मझौला तथा साना आयोजनाहरूको निर्माण र सञ्चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाएको छ। उक्त आयोजनाहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक विकासले तीव्र गति लिनेमा विश्वस्त छु।’’  

Advertisement

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ मंसिर २३, शुक्रबार १०:१८

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ मंसिर २३, शुक्रबार १०:१८

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ मंसिर २३, शुक्रबार १०:१८

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP