२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

समानुपातिकको नाम टुङ्ग्याउन दलभित्र रस्साकस्सी, आज ४ वजे भित्र बुझाईसक्नु पर्ने

गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने आज अन्तिम दिन हो। निर्वाचन आयोगले समानुपातिकर्फ निर्वाचित हुनेहरूको नाम बुझाउन आजसम्मको समय दिएको छ।

Advertisement

जसका लागि राजनीतिक दलहरु अन्तिम गृहकार्यमा जुटेका छन्। मुख्य राजनीतिक दलहरूले समानुपातिक सांसदको टुंगो लगाउनेगरी शनिबार पार्टीको बैठक आह्वान गरेका छन्।

Advertisement

सत्तारुढ दल नेपाली कांग्रेसले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। समानुपातिक सांसदहरुको सूची टुंगो लगाउनेदेखि निर्वाचनको समीक्षा गर्नेसम्मको एजेण्डा रहेको कांग्रेसले जनाएको छ।

त्यस्तै, शुक्रबार अन्तिम समयमा स्थगित भएको नेकपा एमालेको सचिवालय बैठक पनि आज बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि शनिबार बैठक बोलाएको छ। शुक्रबार दिउँसो बसेको पदाधिकारी बैठकले अन्तिम नामावली टुंगो लगाउन नसकेपछि पुनः आजका लागि बैठक बोलाइएको छ।

अन्य दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बैठक आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक, राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पाद समितिको बैठक र जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।

प्रतिनिधिसभामा एमालेले समानुपातिकतर्फ ३४, कांग्रेसले ३२ र माओवादी केन्द्रले १४ जना सांसद पठाउनु पर्नेछ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १३ तथा जसपा र राप्रपाले ७/७ जना पठाउने छन्।

जनमत पार्टीले समानुपातिकतर्फ ४ सांसद पाएको छ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP