२०८० मंसिर १७
December 3, 2023, Sunday

पुलले जोडियो कोटभैरव र दुधेश्वर, नगर प्रमुखद्वारा पुलको उद्घाटन (फोटो फिचर)

दिपायल- पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोटभैरव र धार्मीक स्थल दुधेश्वर जोड्ने गरेर अग्लो डाँडामाथि पुल निर्माण भएको हो ।

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले ८६ लाख ३८ हजार लगानीमा उक्त पुल निर्माण गरेको हो । जमिन देखि ७० मिटिर उचाइमा निर्माण भएको उक्त पुलको लम्बाई २०० मिटिर अग्लो रहेको छ ।

Advertisement

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको छ । पुलको उद्घाटन गर्दै नगर प्रमुख खड्काले देशकै ऐतिहासिक र राजनीतिक प्रशासन केन्द्र रहेको कोटभैरव र दुधेश्वर शक्तिपिठ पुलले जोडेर यसलाई नमुना पर्यटकीय स्थल बनाउन पुल निर्माण गरिएकोे बताउनु भयो । पुल निर्माणसँगै यहाँको ऐतिहासिकता, मौलिकतालाई उजागरण गरेर आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष रहेको उहाँले बताउनु भयो ।

मध्यकालीन सयममा बाइसे राज्यहरू मध्ये डोटी राज्य सबैभन्दा शक्तिशाली राज्य थियो,“उहाँले भन्नु भयो,“यसै राज्यका एक चर्चित राजा भूपती शाह हुनुहुन्थ्यो । उहाँले डोटीमा वि.सं. १६१५ देखि १६४७ सम्म शासन गरेको इतिहासमा भेटिन्छ । उहाँकै शासन कालमा डोटी गौडा नामक डाँडामा कोट अर्थात राजदरबार निर्माण गरिएको थियो । सोही दरबारबाट डोटी राज्यको राजकाज सञ्चालन हुन्थ्यो । राजनीतिक र प्रशासनिक इतिहास भएको यो ठाउँलाई पर्यटकीय स्थल बनाउन थप गतिविधिहरु सञ्चालन गर्ने योजना बनाएका छौं ।”

यो ठाउँमा ऐतिहासिक कोटभैरव (दरबार) का भग्नावशेषहरु अहिले पनि भेट्न सकिन्छ । दरबारको पुर्ननिर्माणका लागि केही समय अघि उत्खनन् पनि गरिएको थियो । डोटी गौणाका रुपमा चिनिने उक्त ठाउँमा रहेको दरबारको निर्माण कार्य भने अगाडी बढ्न सकेको छैन ।

झोलुङ्गे पुलको निर्माणकार्य प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अघि नै सम्पन्न भएको भए पनि आचारसंहिताका कारण ढिलागरि उद्घाटन गरिएको हो । निमार्णकार्य सकिने वित्तिकै सो पुलमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा पुल र फुलबाट देखिने दिपाय, पिपल्ला बजार क्षेत्र र सेती नदी चर्चामा रहेको छ ।

अग्लो ठाउँमा रहेको सो पुलबाट जिल्लाको मुख्यबजार क्षेत्र दिपायल, पिपल्ला, राजपुर सिलगढी, सेती नदी, सेती नदीमा र द्वारीखोलामा रहेका पुल, राजमार्ग लगायत जिल्लाका अधिकांश क्षेत्रहरु अवलोकन गर्न सकिन्छ । दरवारको संरक्षण र पुर्ननिर्माण, बंजि, ¥याप्टिङ्गको व्यवस्था एवं ऐतिहासिकतबारे प्रचारप्रसार गर्न सकिए यो क्षेत्रलाई चर्चित पर्यटकीय क्षेत्र बनाउँन सकिने दिपायल सिलगढी नगरपालिकाका वडाध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो ।

पुलको संरक्षण, यसको दिगोपना र नियमित सञ्चालनका लागि नगरपालिकाले कार्ययोजना बनाएर व्यवस्थित गरिने प्रमुख प्रशासकीय धिकृत शंकर सूचिकारले बताउनु भयो । पुल निर्माणसँगै यहाँको पर्यटन र व्यवसायिक क्षेत्रमा टेवा पुग्ने स्थानीय व्यापारी तेज डुम्रेलले बताउनु भयो ।

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०७९ मंसिर २६, सोमबार १७:५७

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ मंसिर २६, सोमबार १७:५७

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ मंसिर २६, सोमबार १७:५७

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP