Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

डोटी महासंघका पाँच जना पूर्व अध्यक्ष सम्मानित

दिपायल- नेपाल पत्रकार महासंघ डोटी शाखाका पूर्व सभापति एवं पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । शाखाको १३औं वार्षिक साधारण सभाका अवसरमा महासंघको संस्थागत र सांगठनिक विकासमा योगदान पु–याएको भन्दै सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

Advertisement

महासंघका डोटी अछाम संयूक्त शाखाका पूर्व सभापति उद्वव सिंह ढाँट, एकल डोटी शाखाका प्रथम अध्यक्ष दिलबहादुर छत्याल, पूर्व अध्यक्षहरु टेकेन्द्र कुमार देउवा, मिन बम र योगेन्द्र बलायरलाई सम्मान गरिएको हो । डोटी अछाम शाखाका संस्थापक सभापति शंकर थापा लगायत संस्थापक पदाधिकारिहरुलाई यस अघिको कार्यकालमा सम्मान गरिएको थियो ।

Advertisement

डोटीमा पत्रकार महासंघको शाखा डोटी अछाम शाखाका रुपमा २०६० सालमा स्थापना भएको थियो ।

पूर्व सभापति र अध्यक्षसँगै अन्य संघ संस्थाहरुलाई पनि सम्मान गरिएको छ । जिल्लाका पत्रकारहरु र पत्रकारका परिवारका सदस्यहरुको उपचार निःशुल्क गर्दैआएकोमा सुजङ्ग अस्पताल राजपुरलाई सम्मान गरिएको थियो । त्यस्तै, नगर बसमा पत्रकारहरुलाई निशुल्क यात्रा गर्ने व्यवस्था गरेको र महासंघको भौतिक एवं संस्थागत विकासमा सहयोग गरेको भन्दै दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकालाई सम्मिान गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव पवन महराले बताए । त्यस्तै, महासंघको भौतिक एवं संस्थागत विकासमा सहयोग गरेकोमा केआइसिंह गाउँपालिका र सार्वजनिक सुनुवाइका लागि समन्वय गरेकोमा प्रादेशिक सुशासन केन्द्र पुन्नालाई सम्मान गरिएको उनले बताए ।

शाखाका अध्यक्ष मोहन शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का, शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर, उप प्रमुख सुनिता रावल लगायत जिल्ला अन्य कार्यालय र संघसंस्थाका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, भरत शाह, प्रदेश अध्यक्ष योगेश रावल लगायतको सहभागिता रहेको थियो ।

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP