२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

डोटी महासंघका पाँच जना पूर्व अध्यक्ष सम्मानित

दिपायल- नेपाल पत्रकार महासंघ डोटी शाखाका पूर्व सभापति एवं पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । शाखाको १३औं वार्षिक साधारण सभाका अवसरमा महासंघको संस्थागत र सांगठनिक विकासमा योगदान पु–याएको भन्दै सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

Advertisement

महासंघका डोटी अछाम संयूक्त शाखाका पूर्व सभापति उद्वव सिंह ढाँट, एकल डोटी शाखाका प्रथम अध्यक्ष दिलबहादुर छत्याल, पूर्व अध्यक्षहरु टेकेन्द्र कुमार देउवा, मिन बम र योगेन्द्र बलायरलाई सम्मान गरिएको हो । डोटी अछाम शाखाका संस्थापक सभापति शंकर थापा लगायत संस्थापक पदाधिकारिहरुलाई यस अघिको कार्यकालमा सम्मान गरिएको थियो ।

Advertisement

डोटीमा पत्रकार महासंघको शाखा डोटी अछाम शाखाका रुपमा २०६० सालमा स्थापना भएको थियो ।

पूर्व सभापति र अध्यक्षसँगै अन्य संघ संस्थाहरुलाई पनि सम्मान गरिएको छ । जिल्लाका पत्रकारहरु र पत्रकारका परिवारका सदस्यहरुको उपचार निःशुल्क गर्दैआएकोमा सुजङ्ग अस्पताल राजपुरलाई सम्मान गरिएको थियो । त्यस्तै, नगर बसमा पत्रकारहरुलाई निशुल्क यात्रा गर्ने व्यवस्था गरेको र महासंघको भौतिक एवं संस्थागत विकासमा सहयोग गरेको भन्दै दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकालाई सम्मिान गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव पवन महराले बताए । त्यस्तै, महासंघको भौतिक एवं संस्थागत विकासमा सहयोग गरेकोमा केआइसिंह गाउँपालिका र सार्वजनिक सुनुवाइका लागि समन्वय गरेकोमा प्रादेशिक सुशासन केन्द्र पुन्नालाई सम्मान गरिएको उनले बताए ।

शाखाका अध्यक्ष मोहन शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का, शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर, उप प्रमुख सुनिता रावल लगायत जिल्ला अन्य कार्यालय र संघसंस्थाका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, भरत शाह, प्रदेश अध्यक्ष योगेश रावल लगायतको सहभागिता रहेको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ मंसिर २६, सोमबार १९:३३

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ मंसिर २६, सोमबार १९:३३

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ मंसिर २६, सोमबार १९:३३

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP