Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

डोटीमा पत्रकारिता विषय अध्ययन गर्न सकिने व्यवस्था मिलाउन पहल गर्ने महासंघको घोषणा

दिपायल- नेपाल पत्रकार महासंघ डोटी शाखाले ९ बुँदे घोषणा पत्र जारी गरेको छ । शाखाको १३औं वार्षिक साधारण सभाका अवसरमा जारी घोषणा पत्रमा पत्रकारिताको विकास र पत्रकारिता शिक्षाका लागि जोड दिने उल्लेख छ ।

Advertisement

साधारण सभाबाट सांगठनिक एवं आर्थिक प्रतिवेदन पारित गर्दै शाखाले प्रतिवद्धता सहितको घोषण पत्र पनि जारी गरेको हो । घोषणा पत्रमा जिल्लाका भूकम्प पीडितको पुर्नस्थापना एवं राहतका लागि सञ्चार क्षेत्रबाट पहल गर्ने, पत्रकार शुद्धीकरण, मोफसलमा पत्रकारिताको दिगो विकास, पत्रकारको क्षमता विकास गर्न प्रतिवद्ध रहेको उललेख छ । त्यस्तै पश्चिमसेती, खुटिया दिपायल दु्रत मार्गको निर्माण, खप्तड क्षेत्रको विकासमा र प्रवद्र्धनमा जोड दिन सरकारसँग आग्रह गर्ने सरकार तथा त्यस मातहतका सेवा प्रदायक संघ संस्थाहरुलाई पारदर्शी, सुशासनमैत्री, मीडिया मैत्री, जवाफदेही बनाउन ध्यानाकर्षण गर्ने जिल्लाको समृद्धि तथा विकासका लागि सरकारी, गैरसरकारी लगायतका क्षत्रहरुसँग सहकार्य समन्वय गर्ने र साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने, सहभागिता जनाउने र महासंघको संस्थागत विकासमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्ने उल्लेख छ ।

Advertisement

जिल्लामा मावि तथा क्याम्पसहरुमा पत्रकारिता बढाइ हुने व्यवस्था मिलाउन समन्वय सहकार्य गर्न प्रतिवद्ध रहेको उल्लेख छ । जिल्लामा रहेका पत्रकारहरु पत्रकारिता शिक्षा लिनका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यातमक अवस्था रहेका कारण पत्रकारिताको गुणस्तरीय विकास हुन नसके शाखाका सचिव पवन महराले बताए । “पत्रकारितामा प्रवेश गरेका आशलाग्दा युवाहरु अध्ययनकै लागि जिल्ला छोड्नु पर्ने वा अन्य जिल्लामा भर्ना भएर महंगोमा पढ्नु पर्ने बाध्यता रहेको छ,“तालिमको भरमा पेशा संगाल्नु परेको छ । पत्रकारिताको व्यवसायिक विकाससँगै शैक्षिक र गुणस्तरीय विकास पनि आवश्यक छ । तसर्थ, हामीले जिल्लामै पत्रकारिता विषय अध्ययन गर्न सक्ने व्यवस्था मिलाउन यहाँका शैक्षिक संस्था एवं तिनै तहका सरकार र शिक्षा निकायसँग समन्वय गर्ने निर्णय गरेका हौं ।”

योसँगै शाखाले महासंघको संस्थागत एवं सांगठनिक विकासमा योगदान दिएका पूर्व सभापति एवं पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । शाखाको भौतिक, संस्थागत विकासमा सहयोग गर्ने एवं पत्रकारको स्वास्थ्य उपचार एवं यातयातमा छुटदिने र समन्वय गर्ने संघ संस्थालाई सम्मान गरिएको शाखाका अध्यक्ष मोहन शाहीले बताए । शाखाका अध्यक्ष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का, शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर, उप प्रमुख सुनिता रावल लगायत जिल्ला अन्य कार्यालय र संघसंस्थाका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, भरत शाह, प्रदेश अध्यक्ष योगेश रावल लगायतको सहभागिता रहेको थियो ।

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP