२०७९ चैत्र १२
March 26, 2023, Sunday

सुदूरपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु,

कैलाली- सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।

Advertisement

कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, कला र कला संस्कृति सम्बन्धी अनुभव आदान प्रदानका लागि सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको हो।

Advertisement

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटक ‘सुदूरपश्चिम स्टडिज : हेरिटेज, इन्नोभेसन एण्ड ट्रान्सफोरमेन’ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्रा।डा। अम्मरराज जोशीले सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञानको गहन विचार विमर्श गर्न सम्मेलन गरिएको बताए।

‘सुदूरपश्चिमलाई हामी पिछडिएको क्षेत्र भन्छौँ। के साँच्चिकै हामी पिछडिएका नै हौँ तरु, कस्तो साहित्य छ, हाम्रो संस्कृति छ, प्रविधि छ, सभ्यता छ, संस्कार छ, आर्थिक पक्ष छ। यी सबैको गहन अध्ययन नै भएको छैन’, उनले भने, ‘त्यसैले विचार विमर्श गर्न नै यो सम्मेलन गरिएको छ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी, कर्मचारी प्राध्यापक र यस क्षेत्रका अध्ययनकर्ता सबैलाई सम्मेलन उपयोगी हुने अपेक्षा राखिएको उनले बताए।

विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा बेलायततको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमी काउन्सिल सहआयोजक छन्।
अक्सफोर्डका प्रोफेसर डेबिट एन गेलर र एकेडेमी काउन्सिलका डा। कृष्ण अधिकारी सम्मेलनमा सहभागी छन । विश्वविद्यालयका उपकुलपति जोशीले सोमबार विहानदेखि सुरु भएको सम्मेलन केन्द्रीय कार्यालयका तीन सभा कक्षमा भईरहेको बताए ।
सम्मेलनमा प्राध्यापक र विद्यार्थी सहित विभिन्न क्षेत्रका गरी ४७६ जना सहभागी छन्।

सम्मेलनमा ७६ अनुसन्धान प्रतिवेदन प्रस्तुत, जनस्वास्थ्यमा दुई छलफल र तीन राउण्ड टेबल छलफल हुने जानकारी दिए।
सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय घोषणा गरेको थियो। त्यसपछि सञ्चालन आएको विश्वविद्यालयले यो वर्ष पहिलो विदेशी विश्वविद्यालयका प्राध्यापकलाई समेत बोलाएर सम्मेलन गरेको हो।

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ मंसिर २६, सोमबार २०:२५

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ मंसिर २६, सोमबार २०:२५

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ मंसिर २६, सोमबार २०:२५

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP