२०८३ भाद्र २
August 18, 2026, Tuesday

सुदूरपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु,

कैलाली- सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।

Advertisement

कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, कला र कला संस्कृति सम्बन्धी अनुभव आदान प्रदानका लागि सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको हो।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटक ‘सुदूरपश्चिम स्टडिज : हेरिटेज, इन्नोभेसन एण्ड ट्रान्सफोरमेन’ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्रा।डा। अम्मरराज जोशीले सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञानको गहन विचार विमर्श गर्न सम्मेलन गरिएको बताए।

‘सुदूरपश्चिमलाई हामी पिछडिएको क्षेत्र भन्छौँ। के साँच्चिकै हामी पिछडिएका नै हौँ तरु, कस्तो साहित्य छ, हाम्रो संस्कृति छ, प्रविधि छ, सभ्यता छ, संस्कार छ, आर्थिक पक्ष छ। यी सबैको गहन अध्ययन नै भएको छैन’, उनले भने, ‘त्यसैले विचार विमर्श गर्न नै यो सम्मेलन गरिएको छ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी, कर्मचारी प्राध्यापक र यस क्षेत्रका अध्ययनकर्ता सबैलाई सम्मेलन उपयोगी हुने अपेक्षा राखिएको उनले बताए।

विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा बेलायततको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमी काउन्सिल सहआयोजक छन्।
अक्सफोर्डका प्रोफेसर डेबिट एन गेलर र एकेडेमी काउन्सिलका डा। कृष्ण अधिकारी सम्मेलनमा सहभागी छन । विश्वविद्यालयका उपकुलपति जोशीले सोमबार विहानदेखि सुरु भएको सम्मेलन केन्द्रीय कार्यालयका तीन सभा कक्षमा भईरहेको बताए ।
सम्मेलनमा प्राध्यापक र विद्यार्थी सहित विभिन्न क्षेत्रका गरी ४७६ जना सहभागी छन्।

सम्मेलनमा ७६ अनुसन्धान प्रतिवेदन प्रस्तुत, जनस्वास्थ्यमा दुई छलफल र तीन राउण्ड टेबल छलफल हुने जानकारी दिए।
सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय घोषणा गरेको थियो। त्यसपछि सञ्चालन आएको विश्वविद्यालयले यो वर्ष पहिलो विदेशी विश्वविद्यालयका प्राध्यापकलाई समेत बोलाएर सम्मेलन गरेको हो।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP