२०८३ असार २७
July 11, 2026, Saturday

एक वडा, एक खेल मैदान निर्माण गर्छौं : नगर प्रमुख बलायर


दिपायल – शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले खेलकुद क्षेत्रको विकासका लागि शिखर सरकार प्रतिबद्ध रहेको बताए । ७ औं एसपिए कपल्लेकी शिल्ड ( अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता ) को समापन समारोहमा बोल्दै उनले खेल खेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

खेलकुदले पालिका, जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पहिचान दिलाउने र युवाहरुलाई सही बाटोमा डोर्याउने भएकाले पनि खेलकुदमा नगर सरकार लगानी गर्न तयार रहेको बताए ।

“खेलसँग युवाहरुको ऊर्जावान समय जोडिएको हुन्छ,”उनले भने,”यो समय युवाहरुले सदुपयोग गर्न सक्नु पर्छ, स्वास्थ्यलाई सन्तुलित राख्ने बेला पनि यही हो । युवा देशका खम्बा पनि हुन् र भविष्य पनि हुन् । हामी युवाहरुको शक्ति प्रयोग गर्नुका साथै युवाहरुलाई सही बाटोमा लगाउन चाहन्छौं । तसर्थ खेल, खेलाडी हाम्रो प्राथमिकतामा छ ।”

नगरपालिकाले खेलाडीहरूलाई पालिका, जिल्ला देखि राष्ट्रिय स्तर सम्मका खेलकुदमा सहभागिता गराउन सहयोग गर्दै आएको नगर प्रमुख बलयरले बताए । नगरका ११ वटै वडाहरूमा खेल मैदान निर्माण गर्ने नगरको योजना रहेको बताउँदै उनले नगर स्तरीय खेल मैदान निर्माण भइरहेको बताए । एक वडा, एक खेल मैदान निर्माणका लागि नगर सरकार प्रतिबद्ध रहेको छ l,”उनले भने,” त्यसका लागि सबै तहका सरकार र सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्छौं । सबै वडामा खेलमैदान निर्माण गर्न र कपल्लेकीको खेलमैदान सुधार गर्न हामी प्रतिबद्ध छौं ।”

२८ गते देखि सुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो । प्रतियोगिताको उपाधि आदर्श गाउँपालिकाले हात पारेको छ । दिपायल सिलगढी नगरपालिकासँगको खेलमा लगातार तीन सेट जितेर आदर्श गाउँपालिका प्रथम भएको हो । दिपायल सिलगढी नगरपालिका दृतीय भएको छ भने शिखर नगरपालिकाको टीम तृतीय भएको छ । प्रतियोगितामा डोटीका ९ वटा स्थानीय तहका टीम सहित आयोजक टिम गरेर १० वटा टीम सहभागी थिए ।

प्रतियोगिताको प्रथम पुरस्कार राशि एक लाख २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र रहेको थियो । दृतीय पुरस्कार राशि ५१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको थियो । २१ हजार राशि, शिल्ड, मेडल र प्रमाणपत्र तृतीय पुरस्कार रहेको थियो । सहभागी सम्पूर्ण टीमलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न खेलाडी र पूर्व खेलाडि सहित सहयोगीहरुलाई समेत पुरस्कृत एवं सम्मान गरिएको थियो।

शिखर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं ७ औं एसपिए कपल्लेकी शिल्ड प्रतयोगिताका संयोजक दीपक बोगटीको सभापतित्वमा उद्घाटन एवं समापन भएको कार्यक्रमको उद्घाटन एवं समापन नगर प्रमुख बालयरले गरेका थिए । शिक्षक शेर बहादुर कठायतले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, भलिबल संघका केन्द्रीय सदस्य एवं खेलाडी र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP