२०८३ श्रावण ११
July 27, 2026, Monday

नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ ।

Advertisement

संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसदहरुलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ ।

शपथ ग्रहणका लागि सचिवालयले जारी गरेको सूचना

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । नेपालको संविधानको धारा ९१ को उपधारा (५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम संघीय संसद, प्रतिनिधि सभाको अध्यक्षता गर्ने माननीय ज्येष्ठ सदस्यले देहायको मिति, समय र स्थानमा संघीय संसद, प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई गराउनु हुने शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपी), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।

संघीय संसद प्रतिनिधि सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै संघीय संसद सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ । साथै सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ–आफ्नो जिल्लाका प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई उल्लिखित जानकारी गराइदिने व्यवस्था हुन समेत अनुरोध गरिन्छ ।

शपथ ग्रहण हुने मिति, समय र स्थान मिति : २०७९ साल पुस ७ गते बिहीबार
उपस्थिति : ११ः०० बजेदेखि
स्थान : प्रतिनिधि सभा बैठक कक्ष,
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर ।
समय : दिनको १ः०० बजे

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

TOP