२०८३ आश्विन १
September 17, 2026, Thursday

बैतडीमा शिक्षक मृत फेला प्रकरणः विद्यार्थी आन्दोलित, आफन्तले शव बुझेनन्

बैतडी- बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको शव अझै आफन्तहरुले बुझेका छैनन् । शिक्षक बिष्टको शंकास्पद मृत्यु भएको भन्दै आफन्तहरुले घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेका छन् । शिक्षक बिष्टको मृत्यु नभइ हत्या भएको परिवारजनले आशंका गरेका छन् । मृतक बिष्टको शरीरभरी निलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त लिला बिष्टले बताइन् । उनले भनिन् ‘हामीले घटनाको सत्यतथ्य छानबीनको माग गरेका छौं ।दोषी पत्ता लगाउनुपर्ने हाम्रो माग रहेको छ ।’

Advertisement

मृतक शिक्षक बिष्टको दाँत टुटेको र मुखमा समेत घाउ रहेकाले उनको हत्या गरेर शव फालेको आशंका रहेको मृतकका भतिजा लोकेन्द्र बिष्टले बताए । ३० बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेको ठाउँमा शिक्षकको मृत्यु हुँदा समेत कसैले चासो नलिएको बिष्टको गुनासो रहेको छ । उनले भने ‘हामी घटनाको सत्यतथ्य छानबीनको माग गर्छौं । हाम्रो मान्छेको हत्या गरेर शव फालिएको हो । यसमा सुक्ष्म अनुसन्धान अगाडि बढाउन समेत हामीले प्रहरीलाई आग्रह गरेका छौं ।’

बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक बिष्ट शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । कृष्ण माविकै छात्रवास भवन पछाडि भिरालो ठाउँमा उनको शव फेला परेको थियो । शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तहरुले शव बुझ्न मानेका छैनन् । मृतकका छोरा क्यानडामा रहेकाले उनी पनि नेपाल फर्किरहेका बताइएको छ ।

घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका बरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिए ।

 शिक्षक बिष्टको हत्या भएको भन्दै कृष्ण मावि पाटन,  पाटन बहुमुखी क्याम्पस र भीमदत्त प्राविधिक शिक्षालयका विद्यार्थीहरु आन्दोलित भएका हुन् । 

विद्यार्थीहरुले आज पाटन बजारमा नारा जुलुस सहित शिक्षक बिष्टको हत्या भएकाले उनको हत्यामा संलग्नको खोजी गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । नारा जुलुस सहित विद्यार्थीहरुले शिक्षक बिष्टलाई न्याय दिनुपर्ने भन्दै प्लेकार्ड समेत बोकेका थिए । 

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP