बैतडी- बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको शव अझै आफन्तहरुले बुझेका छैनन् । शिक्षक बिष्टको शंकास्पद मृत्यु भएको भन्दै आफन्तहरुले घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेका छन् । शिक्षक बिष्टको मृत्यु नभइ हत्या भएको परिवारजनले आशंका गरेका छन् । मृतक बिष्टको शरीरभरी निलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त लिला बिष्टले बताइन् । उनले भनिन् ‘हामीले घटनाको सत्यतथ्य छानबीनको माग गरेका छौं ।दोषी पत्ता लगाउनुपर्ने हाम्रो माग रहेको छ ।’
मृतक शिक्षक बिष्टको दाँत टुटेको र मुखमा समेत घाउ रहेकाले उनको हत्या गरेर शव फालेको आशंका रहेको मृतकका भतिजा लोकेन्द्र बिष्टले बताए । ३० बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेको ठाउँमा शिक्षकको मृत्यु हुँदा समेत कसैले चासो नलिएको बिष्टको गुनासो रहेको छ । उनले भने ‘हामी घटनाको सत्यतथ्य छानबीनको माग गर्छौं । हाम्रो मान्छेको हत्या गरेर शव फालिएको हो । यसमा सुक्ष्म अनुसन्धान अगाडि बढाउन समेत हामीले प्रहरीलाई आग्रह गरेका छौं ।’
बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक बिष्ट शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । कृष्ण माविकै छात्रवास भवन पछाडि भिरालो ठाउँमा उनको शव फेला परेको थियो । शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तहरुले शव बुझ्न मानेका छैनन् । मृतकका छोरा क्यानडामा रहेकाले उनी पनि नेपाल फर्किरहेका बताइएको छ ।
घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका बरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिए ।
शिक्षक बिष्टको हत्या भएको भन्दै कृष्ण मावि पाटन, पाटन बहुमुखी क्याम्पस र भीमदत्त प्राविधिक शिक्षालयका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
विद्यार्थीहरुले आज पाटन बजारमा नारा जुलुस सहित शिक्षक बिष्टको हत्या भएकाले उनको हत्यामा संलग्नको खोजी गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । नारा जुलुस सहित विद्यार्थीहरुले शिक्षक बिष्टलाई न्याय दिनुपर्ने भन्दै प्लेकार्ड समेत बोकेका थिए ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...