२०८३ श्रावण ११
July 27, 2026, Monday

धुँवा फाल्ने सवारीलाई ५ हजारदेखि १ लाखसम्म जरिवाना

काठमाडौं- कालो धुँवा फालेर प्रदूषण फैलाउन सार्वजनिक सवारी साधनलाई सरकारले कारवाही गर्ने भएको छ । प्रदूषण जाँचपासमा फेल हुने सवारी साधनलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने सरकारको तयारी छ ।

Advertisement

नेपालमा २० वर्षभन्दा पूराना सार्वजनिक सवारीसाधन हटाउने बहस भएको धेरै भयो । जब पुराना सवारी साधन हटाउने र वातावरणमैत्री सार्वजनिक यातायात सेवाको कुरा उठ्छ तब व्यवसायी मात्र नभइ स्वयं सवारी धनीहरु पनि विभिन्न बहानामा पन्छिने गर्छन् । त्यसमा पनि वायु प्रदूषण नियन्त्रण गर्ने अख्तियारी पाएको सरकारी निकायको प्रभावकारी अनुगमन नहुँदा यस्ता अभियान त्यसै खेर जाने गरेका छन् ।

पछिल्लो समय वायु प्रदूषण हुनुमा ९० प्रतिशत भन्दा बढी सार्वजनिक सवारी साधनको भूमिका रहेको भन्दै फेरि सरकारले यसमा कडाइ गर्ने अभियान थालेको छ । वातावरण विभागले यही पुस १ गतेबाट सार्वजनिक सवारी साधानको वायु प्रदूषणको मात्रा चेकजाँचमा कडाइ गर्न थालेको छ । विभागले विभिन्न स्थानमा सार्वजनिक सवारीसाधानको वायु प्रदूषण चेकजाँच गर्न थालेको छ ।

विभागले प्रदूषण फेल भएका सवारीसाधनलाई कारवाही पनि थालेको जनाएको छ । विभिगले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने पहिलो पटक ५ हजार रुपैयाँ जरिवाना गर्ने र पटक पटक अटेर गर्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था गरेको वातावरण विभागका महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ ।

प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गरिरहेको छ । वातावरणीय दृष्टिले युरो–६ अपरिहार्य छ  । काठमाडौंलगायत सहरी क्षेत्रमा वायु प्रदूषणको मुख्य स्रोत नै सवारीसाधन रहेको भन्दै विभागले डिजेलबाट चल्ने गाडीको प्रदुषण चेकजाँचमा कडाइ गरेको जनाएको छ । पूराना भएपनि बेला बेलामा सवारी साधन मर्मत गर्ने हो भने सरकारले तोकेको मापदण्ड पूरा हुने विभागको भनाइ छ ।

सरकारले ठूला तथा सार्वजनिक सवारीले ६–६ महिनामा तथा साना तथा मझौला साधनले एक वर्षमा एकपटक सवारीको प्राविधिक जाँच गराउने कानूनी व्यवस्था गरेको छ । तर सरकारी निकायको नियमित अनुगमन नहुने र सवारीधनीले कानूनको उल्लंघन गर्ने परिपाटीका कारण पनि सो व्यवस्था फितलो हुँदै आएको छ । सवारीको आयु भन्दा पनि सवारीको अवस्थाका कारण प्रदूषण हुने गरेको महानिर्देशक घिमिरे बताउनुहुन्छ ।

परीक्षण पास नभए रुट इजाजत निलम्बन गर्नेदेखि तोकिएको समयमै आफ्ना सवारीसाधनको मर्मत गरेर चलाउन विभगाले अनुरोध गरेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP