२०८३ आश्विन १
September 17, 2026, Thursday

दलित थर परिवर्तन गरिदिन देशभरका वडा कार्यालयलाई पञ्जीकरणको पत्र

काठमाडौं- गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

Advertisement

देशभरका ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएकमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई जानकारी दिँदै देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालयलाई बोधार्थ–कार्यार्थमा राख्दै विभागले दिइएको तीन बुँदे निर्देशन दिएको हो ।

निर्देशनसहितको पत्र 

विषय – दलित थर परिवर्तन गर्ने सम्बन्धमा

श्री स्थानीय पञ्जिकाधिकारी सबै (६७४३ वडा)

प्रस्तुत विषयमा दलित नागरिकहरुको थर परिवर्तनको विषयमा विभिन्न पालिका तथा वडा कार्यालयहरुबाट स्पष्ट पारिदिन अनुरोध भई आएकोमा सो सम्बन्धमा देहाय बमोजिम गर्नु गराउनु हुन यस विभागको मिति २०७९–०९–०३ गतेको निर्णयानुसार अनुरोध छ ।
निम्न –

१, १६ वर्षभन्दा मुनिका दलित बालबालिकाको दलित जातीय थर प्रयोग गरी जन्म दर्ता भएकोमा सो परिवर्तन गरिदिन सूचक बस्न योग्य सम्बन्धित व्यक्तिबाट निवेदन प्राप्त भएमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने ।

२, उल्लिखित अनुसारका बालबालिकाको थर परिवर्तनका साथै निजको बुबा, आमा वा सूचकको पनि थर परिवर्तन गरिदिन निवेदन प्राप्त भएमा बुवा, आमा वा सूचकको नागरिकता प्रमाणपत्रमा थर संशोधन भएको प्रमाण राखेर मात्रै थर परिवर्तन गरिदिने ।

३, १६ वर्षभन्दा माथीका व्यक्तिको घटना दर्ता प्रमाणपत्रमा थर परिवर्तन गरिदिन आधिकारीक व्यक्तिबाट निवेदन प्राप्त भएमा नागरिकता प्रमाणपत्रमा संशोधन भएको थर अनुसार थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने ।

समीर भण्डारी (शाखा अधिकृत)

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP