२०८३ असार ११
June 25, 2026, Thursday

‘भेलु बाजे’ विरूद्ध प्रशासनमा उजुरी

Advertisement

Advertisement

काठमाडौँः ‘भेलु बाजे’का नामले सामाजिक सञ्जालमा चर्चित मिनबहादुर बुढाले समाजमा विकृति फैलाएको भन्दै नियन्त्रणको माग गरिएको छ। प्युठानको झिमरुक गाउँपालिका–३ निवासी अखिल (छैठौं) का महासचिव शुवास जिसीको नेतृत्वमा गएको युवाहरुको टोलीले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै मर्यादा कायम गराउन माग गरेको हो।

मदिरा सेवन गराइ सामाजिक सञ्जालमा अश्लिल शब्द बोल्न लगाएर रेकर्ड गर्ने र सार्वजनिक गर्ने केही युटुबर र सामाजिक सञ्जाल प्रयोगकर्ताका कारण उनी चर्चामा रहने गरेका छन्। उनका हर्कतलाई नियन्त्रण गर्न माग गर्दै प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा ‘जुम्रिकाँढा घर भएका श्री मिनबहादुर बुढा (सामाजिक सञ्जालमा ‘भेलु बाजे’ भनिने) लाई तपशिलमा उल्लेखित मिडिया तथा व्यक्तिहरुले मदिरा सेवन गराई मात्तिएका अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रसारण गर्ने गरेको’ आरोप लगाइएको छ।

जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र पत्रकार महासंघ, प्युठान जिल्ला शाखालाई बोधार्थ दिइएको पत्रमा ‘त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकोले यथासिघ्र ‘भेलु बाजे’ उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ’ भनिएको छ। ज्ञापन पत्र बुझ्दै प्रजिअ सुनिता नेपालले यससम्बन्धमा आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाएको महासचिव जिसीले बताए।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP