२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा एकीकृत समाजवादी, कांग्रेसले सोच्नुपर्ने तर्क

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा एकीकृत समाजवादी देखिएको छ ।

Advertisement

कांग्रेस र माओवादीले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला एकीकृत समाजवादीले गठबन्धन जोगाउन दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा ल्याएको हो ।

Advertisement

एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधरले माओवादीलाई एमालेसँग सहकार्यमा जान बाध्य पार्नु दुर्भाग्य हुने बताए ।

उपमहासचिव तुलाधरले आफ्नो पार्टीसँग प्रभावशाली शक्ति नभए पनि कांग्रेस र माओवादीलाई सम्झाउने भूमिका रहेको उल्लेख गरे । कांग्रेसमा शासकीय कुशलता व्यापक रूपमा उठिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले यसबारे कांग्रेसले ठन्डा दिमागले सोच्नुपर्ने बताए ।

एमालेसहितका दलसँग मिलेर सरकार बनाउने विकल्पसमेत खुला राखेर दाहालले संवाद बढाएपछि एकीकृत समाजवादीले त्यसलाई रोक्ने रणनीति लिएको हो । सहकार्यका विषयमा एमाले र माओवादीबीच अनौपचारिक संवाद मात्रै भएको छ । दाहालको पहिलो जोड यही गठबन्धनबाट सरकारको नेतृत्व गर्ने रहे पनि देउवासँग सहमति हुन नसक्ने अवस्थामा एमालेसँग सहकार्य हुन सक्ने सङ्केत उनले दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिशोधपूर्ण राजनीति गरिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि भन्दै अहिलेकै गठबन्धनबीच दीर्घकालीन सहकार्य हुनुपर्नेमा जोड दिइरहेका छन् । गठबन्धनमा रहेका दलहरूबीच ‘भोट ट्रान्सफर’ नहुँदा अपेक्षाकृत नतिजा नआए पनि समग्रमा गठबन्धनकै पक्षमा जनादेश आएको र यसको निरन्तरता अहिलेको आवश्यकता रहेको नेपालको भनाइ छ ।

संसद्मा निर्णायक नभए पनि गठबन्धनकै सरकार बने पनि मुख्य पदमा दाबी गर्ने एकीकृत समाजवादीको तयारी छ । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन् । शक्ति र सामर्थ्यका आधारमा तीन दलबीच मुख्य पद बाँडफाँट हुने उपमहासचिव तुलाधरले बताए ।

उपमहासचिव तुलाधरले कांग्रेस र माओवादीबीच दुई–दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष प्रधानमन्त्री पाउनुपर्ने आशय भने व्यक्त गरेका छन् ।

नवनिर्वाचित सांसदको बधाई कार्यक्रममा सोमबार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी सरकार बन्ने आधार नभएको दाबी गरे । उनले सहमतिका साथ सरकार बनाउनुपर्ने र नीति र कार्यक्रमका आधारमा सरकारमा सहभागी हुनुपर्ने बताए ।

निर्वाचन परिणामलगत्तै मंसिर १९ मा बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठकले गठबन्धनकै पक्षमा जनादेश रहेको र यसैलाई निरन्तरता दिनुपर्ने निर्णय लिएको थियो । आमनिर्वाचनपछि पनि गठबन्धनलाई कायम राख्ने निर्णय उनीहरूले गरे पनि प्रधानमन्त्रीमा देउवा र दाहालको दाबीले आशङ्का उब्जाएको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ पुष ५, मंगलवार १३:५६

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ पुष ५, मंगलवार १३:५६

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
  • २०७९ पुष ५, मंगलवार १३:५६

पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी...

TOP