कैलाली- कैलालीमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको स्याउले र हरैयामा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको हो। स्याउलेमा ट्याक्टर व्यवसायीहरुले सडक अवरुद्ध पारेका हुन भने हरैयामा दुर्घटनापछि राजमार्ग बन्द गरिएको हो।
नगरपालिकाको वडा नम्बर ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा तीन वर्षीय भरत ठकुल्लाको मृत्यु भएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।
दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरैया चोकमा स्थानीयले सडक अवरोध गरेका हुन्।
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...
खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...