२०८० मंसिर २२
December 8, 2023, Friday

केआईसिंह ७ मा निर्मित प्रसूति गृह हस्तान्तरण


दिपायल – केआईसिंह गाउँपालिका – ७ सलेनमा निर्माण भएको प्रसूति गृह हस्तान्तरण गरिएको छ । सम विकास केन्द्र नेपालले सहजीकरण गरिरहेको परिवर्तन परियोजना र केआईसिंह गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसूति गृह हस्तान्तरण गरिएको हो ।

Advertisement

सम विकास केन्द्र नेपालको ८ लाख, केआईसिंह गाउँपालिकाको ३ लाख र २ लाख २८ हजारको श्रमदान गरी १३ लाख ७१ हजारमा प्रसूति गृह निर्माण गरिएको हो । भवन निर्माणमा ४३ हजार बढी रकम खर्च भएको प्रगतिशील महिला अधिकार मञ्चका कोषाध्यक्ष दुर्गा मल्लले बताइन् ।

Advertisement

निर्मित भवनको कागजात सहित प्रगतिशील महिला अधिकार मञ्चका अध्यक्ष भगवती बोहरा विथाडीले गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहलाई हस्तान्तरण गरेकी हुन् ।
केआईसिंह ७ का वडाध्यक्ष डिल बहादुर बलयारले भवन हस्तान्तरण कार्यक्रममा बोल्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे ।

गाउँपालिकाका अध्यक्ष शाहीले निर्मित भवनबाट दक्ष जनशक्ति सहित सुत्केरी सेवा प्रवाह गरिने बताए । उनले जनताको सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै सेवा प्रवाहमा सहजता ल्याउन प्रतिबद्ध रहेको बताए ।
परिवर्तन परियोजनाले महिलाको स्वास्थ्य सेवा, महिलालाई व्यवसायिक बनाउने, क्षमता अभिवृद्धि गर्ने देखि कामको बोझ कम गराउने खाले गतिविधि गर्दै आएको बताए ।

कार्यक्रममा केआईसिंह गाउँपालिका ४, ६ र ७ का वडाध्यक्ष, कर्मचारी, पत्रकार, स्थानीय तथा सम विकास केन्द्र नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ पुष ७, बिहीबार १५:५५

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ पुष ७, बिहीबार १५:५५

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ पुष ७, बिहीबार १५:५५

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP