Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

केआईसिंह ७ मा निर्मित प्रसूति गृह हस्तान्तरण


दिपायल – केआईसिंह गाउँपालिका – ७ सलेनमा निर्माण भएको प्रसूति गृह हस्तान्तरण गरिएको छ । सम विकास केन्द्र नेपालले सहजीकरण गरिरहेको परिवर्तन परियोजना र केआईसिंह गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसूति गृह हस्तान्तरण गरिएको हो ।

Advertisement

सम विकास केन्द्र नेपालको ८ लाख, केआईसिंह गाउँपालिकाको ३ लाख र २ लाख २८ हजारको श्रमदान गरी १३ लाख ७१ हजारमा प्रसूति गृह निर्माण गरिएको हो । भवन निर्माणमा ४३ हजार बढी रकम खर्च भएको प्रगतिशील महिला अधिकार मञ्चका कोषाध्यक्ष दुर्गा मल्लले बताइन् ।

Advertisement

निर्मित भवनको कागजात सहित प्रगतिशील महिला अधिकार मञ्चका अध्यक्ष भगवती बोहरा विथाडीले गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहलाई हस्तान्तरण गरेकी हुन् ।
केआईसिंह ७ का वडाध्यक्ष डिल बहादुर बलयारले भवन हस्तान्तरण कार्यक्रममा बोल्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे ।

गाउँपालिकाका अध्यक्ष शाहीले निर्मित भवनबाट दक्ष जनशक्ति सहित सुत्केरी सेवा प्रवाह गरिने बताए । उनले जनताको सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै सेवा प्रवाहमा सहजता ल्याउन प्रतिबद्ध रहेको बताए ।
परिवर्तन परियोजनाले महिलाको स्वास्थ्य सेवा, महिलालाई व्यवसायिक बनाउने, क्षमता अभिवृद्धि गर्ने देखि कामको बोझ कम गराउने खाले गतिविधि गर्दै आएको बताए ।

कार्यक्रममा केआईसिंह गाउँपालिका ४, ६ र ७ का वडाध्यक्ष, कर्मचारी, पत्रकार, स्थानीय तथा सम विकास केन्द्र नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP