दिपायल – डोटीमा २५ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । दिपायल सिलगढी नगरपालिका- ४ राजपुरमा उत्पादन गरेको मदिरा नष्ट गरिएको हो ।
शनिबार इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक रूपसिंह थापाको नेतृत्वमा खटिएको टोलीले २५ सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको हो । प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा अवैध मदिरा नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग हुने सामग्री पनि जफत गरेको छ ।
गोप्य सूचना र स्थानीयको गुनासो पछि सो ठाउँमा छापा हान्दा ठूलो मात्रामा अवैध मदिरा उत्पादन गरेको भेटिएको प्रहरी नायब निरीक्षक थापाले बताए । पहिलो पटकलाई अवैध मदिरा जन्य सामग्री उत्पादन र बिक्री नगर्न सचेत गराएको बताउँदै उनले आउँदा दिनमा पुनः भेटिए कानुन बमोजिमको कारबाही हुने बताए ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...