२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

डोटीमा २५ सय लिटर घरेलु मदिरा नष्ट, मदिरा बनाउने सामग्री बरामद


दिपायल – डोटीमा २५ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । दिपायल सिलगढी नगरपालिका- ४ राजपुरमा उत्पादन गरेको मदिरा नष्ट गरिएको हो ।


शनिबार इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक रूपसिंह थापाको नेतृत्वमा खटिएको टोलीले २५ सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको हो । प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा अवैध मदिरा नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग हुने सामग्री पनि जफत गरेको छ ।

गोप्य सूचना र स्थानीयको गुनासो पछि सो ठाउँमा छापा हान्दा ठूलो मात्रामा अवैध मदिरा उत्पादन गरेको भेटिएको प्रहरी नायब निरीक्षक थापाले बताए । पहिलो पटकलाई अवैध मदिरा जन्य सामग्री उत्पादन र बिक्री नगर्न सचेत गराएको बताउँदै उनले आउँदा दिनमा पुनः भेटिए कानुन बमोजिमको कारबाही हुने बताए ।

Advertisement

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP