२०८० आश्विन १३
September 30, 2023, Saturday

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको सहमति

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति बालकोट बैठकमा जुटेको छ ।माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग भएको छलफलमा सो सहमति भएको जानकारी दिनुभयो । 

नेता गुरुङले अहिले सो सहमतिपत्र राष्ट्रपति समक्ष बुझाउने तयारी भइरहेको पनि बताउनुभयो । बिहान बसेको सत्ता गठबन्धनको बैठकमा सहमति बन्न नसकेपछि अध्यक्ष प्रचण्डसहितका नेताहरू भक्तपुरस्थित एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । सहमतिअनुसार पहिलो चरणमा अध्यक्ष प्रचण्डलाई साढे दुई वर्ष प्रधानमन्त्री बनाउने र दोस्रो चरणमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइएको छ । 

Advertisement

Related News

विश्व पर्यटन दिवस बेनीमा मनाईयो
विश्व पर्यटन दिवस बेनीमा मनाईयो
  • २०७९ पुष १०, आईतवार १६:३५

FacebookTweetLikeShareLinkedInEmail बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन...

पहिरोले महभिरका दुई घर पुरिए, १६ घर जोखिममा
पहिरोले महभिरका दुई घर पुरिए, १६ घर जोखिममा
  • २०७९ पुष १०, आईतवार १६:३५

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ भने १६ घर पहिरोको जोखिममा परेका...

म्याग्दी जेसीजले टेलरिङ ब्यवसायीलाई सम्मान
म्याग्दी जेसीजले टेलरिङ ब्यवसायीलाई सम्मान
  • २०७९ पुष १०, आईतवार १६:३५

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी जेसीजको आतिथ्यतामा सदरमुकाम बेनीमा हालै सम्पन्न भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा तोरण धोजा पटक सिलाईमा सहयोग गरेको...

TOP