२०८३ श्रावण १४
July 30, 2026, Thursday

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको सहमति

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति बालकोट बैठकमा जुटेको छ ।माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग भएको छलफलमा सो सहमति भएको जानकारी दिनुभयो । 

नेता गुरुङले अहिले सो सहमतिपत्र राष्ट्रपति समक्ष बुझाउने तयारी भइरहेको पनि बताउनुभयो । बिहान बसेको सत्ता गठबन्धनको बैठकमा सहमति बन्न नसकेपछि अध्यक्ष प्रचण्डसहितका नेताहरू भक्तपुरस्थित एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । सहमतिअनुसार पहिलो चरणमा अध्यक्ष प्रचण्डलाई साढे दुई वर्ष प्रधानमन्त्री बनाउने र दोस्रो चरणमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइएको छ । 

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

TOP