२०८० मंसिर २२
December 8, 2023, Friday

डोटीमा ३३ वर्ष सेवा दिएर गृह जिल्ला फर्किए प्रधानाध्यापक महरा


दिपायल- सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक देवबहादुर महराको बिदाइ गरिएको छ । करिब ३३ वर्ष एउटै विद्यालयमा सेवा दिएका महरालाई आईतबार विद्यालय परिवार एवं समुदायले बिदाइ गरेको हो।

Advertisement

शिखर नगरपालिका – ५ एरिगाँउमा रहेको उक्त विद्यालयमा महरा अस्थायी शिक्षकका रूपमा २०४७ माघ २१ गते प्रवेश गरेका थिए । एक वर्ष पछि सोही विद्यालयको स्थायी शिक्षक भएर काम गरेका उनी २०६५ सालबाट प्रधानाध्यापक भएर विद्यालयको जिम्मेवारी सम्हालेका थिए।

Advertisement

बैतडीको सुर्नया गाउँपालिका घर भएका प्रधानाध्यापक महराले जीवनको उर्जावान समय डोटीमै बिताएका थिए । शिक्षक महरा शैक्षिक र व्यावहारिकरूपले निकै इमान्दार र कर्मठ रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बोहोराले बताए । “हेडसर विद्यालयको शिक्षक मात्र नभएर हाम्रो समाजका सहयोगी अगुवा अभिभावक थिए,“बोहोराले भने,“विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकाससँगै समुदायको विकासका लागि पनि उनले योगदान दिएका छन् ।”

“जीवनको करिब आधी समय हामीसँगै हामीजस्तै भएर बस्नु भयो । उहाँ हामीबाट टाढा जानुहुन्छ भन्ने कुरा बिर्सी सकेका थियौ,“ स्थानीय अभिभावकले भने,“अन्तिममा सेवा अवधि सकिए पछि दुःखका साथ विदाई गर्नु पर्यो । उहाँले पढाएका हाम्रा सन्तानहरू अहिले असल र उच्च पदस्त भएका छन् । उहाँप्रति हामी ऋणी छौं।”

प्रधानाध्यापक महरालाई विद्यालय परिवार, विद्यार्थी र समुदायले सम्मान सहित भव्यरुपमा विदाइ गरेका थिए । सेवाको अवसर दिने यहाँको माटो, आफूले बढाएका विद्यार्थी, सहकर्मी र आधी जीवनसम्मका सहयोगी गाउँले समुदाय सबैलाई सम्झिरहने र विद्यालयको विकासका लागि सक्दो सहयोग र चिन्ता व्यक्त गर्ने प्रधानाध्यापक महराले बताए ।

Related News

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०७९ पुष ११, सोमबार १७:५९

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०७९ पुष ११, सोमबार १७:५९

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ पुष ११, सोमबार १७:५९

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

TOP