२०८३ श्रावण १३
July 29, 2026, Wednesday

डोटीमा ३३ वर्ष सेवा दिएर गृह जिल्ला फर्किए प्रधानाध्यापक महरा


दिपायल- सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक देवबहादुर महराको बिदाइ गरिएको छ । करिब ३३ वर्ष एउटै विद्यालयमा सेवा दिएका महरालाई आईतबार विद्यालय परिवार एवं समुदायले बिदाइ गरेको हो।

Advertisement

शिखर नगरपालिका – ५ एरिगाँउमा रहेको उक्त विद्यालयमा महरा अस्थायी शिक्षकका रूपमा २०४७ माघ २१ गते प्रवेश गरेका थिए । एक वर्ष पछि सोही विद्यालयको स्थायी शिक्षक भएर काम गरेका उनी २०६५ सालबाट प्रधानाध्यापक भएर विद्यालयको जिम्मेवारी सम्हालेका थिए।

बैतडीको सुर्नया गाउँपालिका घर भएका प्रधानाध्यापक महराले जीवनको उर्जावान समय डोटीमै बिताएका थिए । शिक्षक महरा शैक्षिक र व्यावहारिकरूपले निकै इमान्दार र कर्मठ रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बोहोराले बताए । “हेडसर विद्यालयको शिक्षक मात्र नभएर हाम्रो समाजका सहयोगी अगुवा अभिभावक थिए,“बोहोराले भने,“विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकाससँगै समुदायको विकासका लागि पनि उनले योगदान दिएका छन् ।”

“जीवनको करिब आधी समय हामीसँगै हामीजस्तै भएर बस्नु भयो । उहाँ हामीबाट टाढा जानुहुन्छ भन्ने कुरा बिर्सी सकेका थियौ,“ स्थानीय अभिभावकले भने,“अन्तिममा सेवा अवधि सकिए पछि दुःखका साथ विदाई गर्नु पर्यो । उहाँले पढाएका हाम्रा सन्तानहरू अहिले असल र उच्च पदस्त भएका छन् । उहाँप्रति हामी ऋणी छौं।”

प्रधानाध्यापक महरालाई विद्यालय परिवार, विद्यार्थी र समुदायले सम्मान सहित भव्यरुपमा विदाइ गरेका थिए । सेवाको अवसर दिने यहाँको माटो, आफूले बढाएका विद्यार्थी, सहकर्मी र आधी जीवनसम्मका सहयोगी गाउँले समुदाय सबैलाई सम्झिरहने र विद्यालयको विकासका लागि सक्दो सहयोग र चिन्ता व्यक्त गर्ने प्रधानाध्यापक महराले बताए ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP