२०८२ माघ ११
January 24, 2026, Saturday

कैलालीमा चिसो बढ्यो, दुई दिनदेखी शीतलहर र बाक्लो हुस्सु

कैलाली- कैलालीमा मङ्गलबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो ।बिहानैदेखि शीतलहरसंगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण धनगढी लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छे सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।

Advertisement

चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको धनगढी उपमहानगरपालिका–८ की कलावती भट्टले बताए । ‘चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ’, आफ्नो बच्चालाई विद्यालय पठाउन जाने क्रममा बाटोमा भेटिनु भएकी उहाँले भन्नुभयो,‘न्यानो कपडा नहुने बच्चाहरुलाई धेरै समस्या हुने भो ।’

Advertisement

चिसोले बालबच्चालाईमात्रै हैन ज्येष्ठ नागरिक पनि प्रभावित भएका छन् । बुढापाकालाई जाडो कटाउन धेरै समस्या हुने गरेको बताइन्छ । जाडो बढेको बेला बुढापाका घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको भट्टको सुझाव छ ।

जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि मुक्त कमैया परिवार, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ । जाडोका कारण काम गर्न समस्या भइरहेको धनगढीमा नाली बनाउने काम गरिरहनु भएका मजदुर रामदुलार चौधरीले बताए । ‘जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ’, उहाँले भन्नुभयो । यसैगरी, गहुँ सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकी नसकी काम गर्न बाध्य छन् ।

चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले बताए । उहाँले चिसोमा रोटा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । ‘त्यसैले चिसोमा बच्चा, वृद्धवृद्धाको एकदमै ध्यान दिनु पर्दछ’, उहाँले भन्नुभयो,‘उनीहरुलाई चिसो लाग्नबाट जोगाउन आवश्यक छ ।’

चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनु पर्ने, ननिस्कने जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने शर्माले बताए ।

Related News

म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
  • २०७९ पुष १३, बुधबार १२:२४

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०७९ पुष १३, बुधबार १२:२४

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०७९ पुष १३, बुधबार १२:२४

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

TOP