२०८३ आश्विन १
September 17, 2026, Thursday

पोषणयुक्त खाजा बनाउन अभिभावकलाई सचेतना

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रयोग गर्ने खाजालाई गुणस्तरीय र पोषणयुक्त बनाउनका लागि अभिभावकलाई सचेतना दिएको छ ।

Advertisement

सामान्यतया विद्यार्थीका अभिभावकहरुले आफ्ना बालबालिकाले विद्यालयमा प्रयोग गर्ने खाजामा चाउचाउ तथा विस्कुट एवम् अन्य तयारी खाजाको प्रयोगले गर्दा बालबालिकामा दिर्घकालिन असर पर्न सक्छ भन्नेतर्फ सचेत हुँदै गाउँपालिकाले नै विद्यार्थीका अभिभावकलाई पोषणयुक्त खाजा तयार गर्ने तालिम प्रदान गरेको हो । 

दिवा खाजामा जंकफुडलाई रोक्न तथा अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्नका लागि पनि अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाउचाउ र बिस्कुट जस्ता जंकफुडहरु दिवा खाजाको रुपमा प्रयोग गर्न पूर्णरुपमा रोक लगाउँदै पोषणयुक्त खाजालाई मात्रै विद्यालयमा प्रयोग गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा चार वडामा शिक्षक, अभिभावकको उपस्थितीमा तालिम दिइरहेको हो ।”

अन्नपुर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नं १ दोवा, वडा नं २ भुरुङ तातोपानी, वडा नं ३ दाना र वडा नं ६ घारका विद्यालयका अभिभावकलाई तालिम सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “पोषणयुक्त खाजा बनाउन सिकाइरहेको छ, अब अर्गानिक बाहेकको खाजालाई प्रयोग गर्न नदिने गरी नै अभिभावकलाई तालिममा सहभागि गराइएको छ ।” चार वटा वडाहरुका १४ विद्यालयबाट एक सय ४० देखि ५० जना अभिभावकलाई तालिम प्रदान गर्ने योजना रहेको प्रशासकिय अधिकृत भगवती खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नम्बर १ र २ मा दुईदुई वटा विद्यालय र ३ र ४ नम्बर वडामा पाँचपाँच वटा विद्यालयबाट प्रतिनिधिमुलक तबरले १५० जना सम्म अभिभावकलाई तालिम दिने योजना रहेको छ ।”

पोशिलो खाजा बनाउने तालिमको सहजकर्ताहरु बालकुमारी पुन र भगवती खड्काले सहजीकरण गर्नुभएको थियो । सहजकर्ता पुनले बालबालिकालाई पोषणयुक्त खानाको महत्वका बारेमा समेत अभिभावकलाई जानकारी दिँदै गाउँघरमा पाइने पोषिलो खानेकुराहरु र रैथाने वस्तुहरुको तयारी गर्ने प्रयोगात्मक अभ्यास समेत गरिएको बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीले विद्यालयमा पूर्णरुपमा जंकफुड निषेध गर्ने गरी सबै वडामा तालिम सहित नियमित अनुगमन समेत गरिने बताउनुभयो । बालविकासदेखि कक्षा ५ सम्मका हरेक विद्यार्थीको लागि दैनिक २० रुपियाँ दिवा खाजाको लागि सरकारले उपलब्ध गराउने भएपनि अन्नपुर्ण गाउँपालिकाको कार्यपालिकाबाट ६ कक्षाका विद्यार्थीलाई समेत खाजाका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो । तालिम लिएपछि अभिभावकले पोषिलो खाजा बनाउनका लागि रैथाने वस्तुहरु उत्पादन गर्न समेत सघाउने गाउँपालिकाले जनाएको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP