२०८३ आश्विन १
September 17, 2026, Thursday

ल्याम्ह पुच म्याग्दीद्वारा कालरात्रीमा सांस्कृतिक कार्यक्रमको आयोजना

नेपाल भाषा: मंका खलअन्तर्गत रहेको युवाहरुको संस्था ल्याम्ह पुच बेनीबजार म्याग्दीको आयोजनामा बेनीमा कालरात्री विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको आठौं दिन कालरात्रीको अवसरमा बेनीको कोत मन्दिरमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

Advertisement

यसैक्रममा बिहीबार ल्याम्ह पुचले पत्रकार सम्मेलनको आयोजना गरेर कालरात्रीको दिन सञ्चालन हुने विविध सांस्कृतिक कार्यक्रमको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा ल्याम्ह पुच म्याग्दीका अध्यक्ष जेनेश श्रेष्ठले दसैँको अष्टमीका दिन कालरात्रीमा हुने परम्परागत मालश्री गायनको साथै लोक, संस्कृतिका नाचगानको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

ल्याम्ह पुचले आउँदो असोज २४ गते रातमा कालरात्री पर्वलाई जोगाउन विभिन्न बाजागाजाको धुनमा मालश्री गाउने, दसैँको झल्को दर्शाउने गीतसङ्गीतहरु प्रस्तुत गर्ने र जातीय भेषभूषमा नाचगान आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

नेवार समुदायका युवाहरु आबद्ध संस्थाले कालरात्री विशेष कार्यक्रमको आयोजना गरेको भए पनि अन्य समुदायबाट पनि उनीहरुको जातीय पहिचान झल्कने र भेषभूषामा नृत्य प्रस्तुतको अवसर प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ ।

कालरात्री पर्वको विशेष कार्यक्रम बेनी नगरपालिका वडानम्बर ७ र ८ को समन्वय तथा सहयोगमा गर्न लागिएको बताइएको छ । परम्परागत रुपमा बेनीको कोत मन्दिरमा हुँदै आएको गतिविधिहरु ओझेलमा पर्दै जान थालेपछि त्यसको संरक्षण र प्रचारप्रसारका लागि कार्यक्रम आयोजना गरिएको नेपाल भाषा ः मंका खलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।

मंका खलले पछिल्लो समय युवा पुस्ता र बालबालिकाहरुलाई प्राथमिकता दिएर कला, संस्कृति र भेषभूषाको प्रदर्शनी तथा संरक्षणलगायत कार्यक्रमहरुमा सहजीकरण गर्दै आइरहेको छ ।

नेपाल भाषा ः मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले म्याग्दीको बेनीमा नेवार समुदायले वर्षेनाच प्रदर्शनीसँगै जिल्लामा हुने विविध गतिविधिमा सहभागितासहित कला, संस्कृतिको संरक्षणमा जोड दिइएको बताउनुभयो । मंका खलका उपाध्यक्ष कुविरकुमार श्रेष्ठले बेनीको कोतमा परम्परागत रुपमा हुँदै आइरहेको परम्परा जोगाउन कार्यक्रमबाट जोड दिइने बताउनुभयो ।

जिल्लाको कला, लोक, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले तिनको जगेर्नाको लागि बेनी नगरपालिकाले नगर सङ्ग्रहालय बनाउनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको भनाइ छ । उहाँले म्याग्दीको चर्चित थालीनाच र सालैजो भाकालाई ब्राण्डिङ गर्नुपर्ने बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP