२०८२ चैत्र ३०
April 13, 2026, Monday

गलेश्वर शिवालयमा पहिलो साउने सोमबारमा भक्तजनको भीड (फोटो फिचर)

किरण कार्की म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर शिवालयमा साउनको पहिलो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनको चहलपहल सुरु भएको छ ।

Advertisement

प्रसिद्ध गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, दाङ, काठमाडौँ, चितवनलगायतका जिल्लाबाट भक्तजनहरू उल्लेख्य मात्रामा आएका छन् ।

Advertisement

भक्तजनका कारण गलेश्वर क्षेत्रमा चहलपहल बढेको छ । आज एकादशी व्रत पर्नुका साथै मौसम पनि सफा भएकाले पूजाआजा गर्न उल्लेख्य मात्रामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

पूजालाई व्यवस्थित गर्न कोषले विभिन्न उपसमितिहरु गठन गरी स्वयंसेवकहरु परिचालन गरेको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । तातोपानी कुण्ड व्यवस्थापन समितिले पहिलो पटक गलेश्वरमा दिव्य आरती गरेको छ ।

साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरि गलेश्वरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

पछिल्लो समय गलेश्वरका बारेमा प्रचारप्रसार भएकाले मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरू पनि उल्लेख्य मात्रामा आउने कोषले जनाएको छ ।

कालीगण्डकी र राहुघाट नदीको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टानमाथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रूपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समूह, लगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।

Related News

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ श्रावण ६, सोमबार ०७:०२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ श्रावण ६, सोमबार ०७:०२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
  • २०८२ श्रावण ६, सोमबार ०७:०२

मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने...

TOP