२०८३ बैशाख १९
May 2, 2026, Saturday

दिपायल राजधानीको मुद्दा ३० हजार मत सहित संसदमा पुग्छ : उम्मेदवार खड्का


दिपायल – डोटीबाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ३० हजार मत प्राप्त गर्दै चुनाव जित्ने दाबी गरेका छन् । निर्वाचनको प्रचार प्रसारका क्रममा समग्र जिल्ला घुमिसकेका उनले ३० हजार मत ल्याउदै विजयी हुने दाबी गरेका हुन् ।

Advertisement

डोटीबाट राजधानीको मुद्दा उठाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनले यस पटकको निर्वाचनमा डोटी जित्ने बताउँदै आएका छन् । “हिजोका दिनहरुमा हामीले राजनीतिक दलका नेताहरुलाई विश्वास गरेर जितायौं तर चुनाव जितेर गएका उनिहरुले यहाँको विकास र जनजीवन परिवर्तन गर्न सकेनन्,“खड्काले भने बरु उनिहरुकै हस्ताक्षर र कार्यकालमा डोटीको अस्तित्व नै गुम्यो । वर्षौं देखिको डोटी गौणाबाट राजधानी खोसियो त्यो यहाँका जनतालाई शैय छैन तसर्थ पनि अत्याधिक जनताले मलाई क्रस खुकुरीमा मतदान गर्ने छन् र अत्याधिक बहुमतले डोटी र डोटीको मुद्दालाई जिताउने छन् ।”

Advertisement

“यहाँका मतदाताहरु अहिले विभिन्न कारणले मौन छन् । राजनीतिक पार्टीको दवाव, प्रभावले उनीहरु मौन बसेका हुन्,“उम्मेदवार खड्काले भने मंसिर–४ मा गोप्य मत डोटी र डोटेलीको न्यायका लागि जाहेर गर्ने छन् ।” खड्काले आफ्नो सुनाव प्रचार प्रशार संयन्त्र र आफुले एक एक मतदाताको मत सर्वेक्षण गरेर डायरीमा टिपेको बताउँदै आफुलाई आश्वासन दिएका ३० हजार बढी मतदाताले मत जाहेर गर्ने बताए ।

“राजधानी खोसिएको पीडा मलाई मात्र होइन समग्र डोटेली जनातालाई छ,“खड्काले भने,“त्यसको हिसाव किताव जनताले मंसिर ४ मा गर्ने छन् । मंसिर ४ पछि डोटीको विशेष राजधानीको मुद्दासँगै ३० हजार मत सपहित म र समग्र डोटेली संसदमा पुग्नेमा म ढुक्क छु । अत्याधिक मत डोटीको पक्षमा खसाल्न र डोटीलाई जिताउन म समग्र डोटेलीहरुलाई अनुरोध गर्दछु ।”

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष खड्काको नेतृत्वमा दिपायल राजधानी कायम हुनुपर्ने माग राख्दै ६५ दिन सम्म आन्दोलन चलेको थियो । आन्दोलनमा दर्जन बढी घाइते भएका थिए । खड्काले राजधानीको मुद्दा कायम गराउन निरन्तर सदनबाट संघर्ष गर्ने, पश्चिम सेती, फाष्ट ट्रयाक लगायतका ठुला योजनाहरु चाँडो निर्माण गर्न दबाब दिने र डोटीमा भएका कार्यालयहरु अन्यत्र सर्नबाट रोक्ने लगायतका एजेण्डा अघि सारेर चुनावी मैदानमा छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर १, बिहीबार १८:२५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर १, बिहीबार १८:२५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर १, बिहीबार १८:२५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP