२०८३ श्रावण १२
July 28, 2026, Tuesday

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त

कैलाली – ग्रेडरको ठक्करले साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु भएपछि धनगढी दिनभर तनावग्रस्त बनेको छ ।

Advertisement

सडकको सतह मिलाइरहेको कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले धनगढी उपमहानगरपालिका–५ हसनपुरमा साइकलमा स्कुल गइरहेकी चेतना साउदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीले ग्रेडरको ठक्करबाट समान्य घाइते भएकी चेतनालाई चालकले ब्याक गरेर मारेको बताएपछि आक्रोशित स्थानीय र विद्यार्थीले धनगढीमा दिनभर प्रदर्शन गरे ।मृतक बालिका धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत थिइन् ।


प्रहरीले नियन्त्रणमा लिएका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिमल कुमाल र निर्माण व्यवसायीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदशनमा उत्रिएका विद्यार्थीहरुले धनगढीका सडकमा टायर बालेर प्रर्दशन गरे ।

उनीहरुले धनगढीको पार्क मोड, जिल्ला प्रहरी कार्यालयको मूल गेट अगाडि लगायतका ठाउँमा प्रहरीविरुद्ध समेत नाराबाजी गरे । दोषीलाई कानुनी कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव उठाउन नदिने अडान लिएपछि अवस्था झन् तनावग्रस्त बनेको छ ।

विद्यार्थी र स्थानीयको अवरोधका कारण शव उठाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका–६ स्थायी ठेगाना भएर धनगढी–५ मा मामाघरमा बसेर अध्ययन गर्दै आएकी साउदका आफन्त घटनापछि धनगढीतर्फ आएका छन् ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP