२०७९ चैत्र १५
March 29, 2023, Wednesday

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त

कैलाली – ग्रेडरको ठक्करले साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु भएपछि धनगढी दिनभर तनावग्रस्त बनेको छ ।

Advertisement

सडकको सतह मिलाइरहेको कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले धनगढी उपमहानगरपालिका–५ हसनपुरमा साइकलमा स्कुल गइरहेकी चेतना साउदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Advertisement

प्रत्यक्षदर्शीले ग्रेडरको ठक्करबाट समान्य घाइते भएकी चेतनालाई चालकले ब्याक गरेर मारेको बताएपछि आक्रोशित स्थानीय र विद्यार्थीले धनगढीमा दिनभर प्रदर्शन गरे ।मृतक बालिका धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत थिइन् ।


प्रहरीले नियन्त्रणमा लिएका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिमल कुमाल र निर्माण व्यवसायीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदशनमा उत्रिएका विद्यार्थीहरुले धनगढीका सडकमा टायर बालेर प्रर्दशन गरे ।

उनीहरुले धनगढीको पार्क मोड, जिल्ला प्रहरी कार्यालयको मूल गेट अगाडि लगायतका ठाउँमा प्रहरीविरुद्ध समेत नाराबाजी गरे । दोषीलाई कानुनी कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव उठाउन नदिने अडान लिएपछि अवस्था झन् तनावग्रस्त बनेको छ ।

विद्यार्थी र स्थानीयको अवरोधका कारण शव उठाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका–६ स्थायी ठेगाना भएर धनगढी–५ मा मामाघरमा बसेर अध्ययन गर्दै आएकी साउदका आफन्त घटनापछि धनगढीतर्फ आएका छन् ।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ मंसिर १५, बिहीबार १८:२१

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ मंसिर १५, बिहीबार १८:२१

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ मंसिर १५, बिहीबार १८:२१

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP