२०८३ जेष्ठ ११
May 25, 2026, Monday

पश्चिम सेती आयोजनाको काम प्राथमिकताका साथ अगाडि बढेको छ : प्रधानमन्त्री देउवा

कैलाली– प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना निर्माणको काम प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ। बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । 

पश्चिम सेतीसँगै उहाँले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा–कुलरिया सिँचाई आयोजना, महाकाली तेस्रो सिँचाई आयोजना लगायत ठूला परियोजनाका साथै मझौला तथा साना आयोजनाको निर्माण र सञ्चालनका लागि सरकार प्राथमिकताका साथ अगाडि बढेको उल्लेख गर्नुभयो। यी आयोजनाको निर्माण सम्पन्न भएपछि यो क्षेत्रको विकास हुने उहाँको भनाइ छ। 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा–कुलरिया सिँचाई आयोजना, महाकाली तेस्रो सिँचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह, महाकाली करीडोर निर्माणजस्ता ठूला परियोजनाका साथै अन्य मझौला तथा साना आयोजनाहरूको निर्माण र सञ्चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाएको छ। उक्त आयोजनाहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक विकासले तीव्र गति लिनेमा विश्वस्त छु।’’  

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर २३, शुक्रबार १०:१८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर २३, शुक्रबार १०:१८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर २३, शुक्रबार १०:१८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP