२०८१ बैशाख २६
May 8, 2024, Wednesday

वडामै पुगेर योजना सम्झौता गर्दै आदर्श सरकार

Advertisement

दिपायल- आदर्श गाउँपालिकाले वडा स्तरमै पुगेर योजना सम्झौत गर्न थालेको छ । आर्थिक वर्ष २०७९÷०८० का लागि गाउँपालिकाले विनियोजन गरेका योजनाहरुको सम्झौता वडा स्तरमै गर्न थालिएको हो ।

योजना सम्झौताका लागि गाउँपालिकाका उपाध्यक्ष, प्रशासकीय अधिकृत, प्राविधिक एवं शाखाका कर्मचारीहरुको टोली वडामा खटिएको छ । गाउँपालिकाले वडा स्तरबाट छनोट गरि बजेट विनियोजन गरेका योजनाहरुको सम्झौता वडामै पुगेर गर्न थालेपछि उपभोक्ताहरुलाई सहज भएको छ । योजना सम्झौतासँगै उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना प्रक्रियाको बारेमा अभिमुखीकरण समेत गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताउनु भयो ।

७ वटा वडा रहेको आदर्श गाउँपालिकाले २०७९÷०८० का लागि १८१ योजनाहरु छनोट गरेको छ । पालिकाले विनियोजन गरेका योजनाहरुको बजेट फ्रिज नजाओस् र समयमै काम सम्पन्न होस भन्ने उद्येश्यले सम्बन्धित वडा कार्यालयमै पुगेर योजना सम्झौता गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताउनु भयो । “यस अघि योजनाहरुको सम्झौता र कार्यान्वय असार मसान्तसम्मै गर्ने प्रचलन थियो,“उहाँले भन्नु भयो,“अन्तिम समयमा योजना सम्झौता र भुक्तानीका लागि निकै भिडभाड हुने गरेको थियो । जसले गर्दा गुणस्तरीय र प्रभावकारी काम पनि नहुने, अनावश्यक चाप पनि बढ्ने र बजेट फ्रिज जाने समस्या थियो । त्यसको समाधानका लागि हामीले उपभोक्ता समिति गठन गर्ने, योजना सम्झौता गर्ने र सम्पन्न गर्ने समयावधि तोकेर काम अगाडी बढाएका छौं । तोकिएको समयमा काम नगर्ने उपभोक्ता समिति र टेण्डरकर्ताहरुको काम रोकिने छ ।”

वडामै गएर योजनाहरुको सम्झौता गर्दा उपभोक्ताहरुको समय बचतसँगै पटक–पटक पालिकामा धाउनु पर्ने वाध्यता हटेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायाले बताउनु भयो । सम्झौता गर्न आउँदा स्यानो कागजात नमिलेको अवस्थामा पटक–पटक पालिका धाउनु पर्ने, पालिका धाउँदा लाग्ने खर्च योजनाबाट कटाउनु पर्ने जस्ता समस्या हटेको उहाँले बताउनु भयो । “योजना सम्झौतासँगै हामीले योजना कार्यान्वयनका विषयमा पनि जानकारी गराउँदै आएका छौं,“उहाँले भन्नु भयो,“आर्थिक पारदर्शीता र योजनाको गुणस्तरका विषयमा पनि सुरुवातमै सजक गराउँदै आएका छौं । योजनाको सामाजिक परीक्षण, अनुगमन र अन्य प्रक्रियाका विषयमा पनि बताउँदै आएका छौं । जसले गर्दा योजनाको गुणस्तर र आर्थिक पारदर्शीता हुने विश्वास लिएका छौं ।”

योजना सम्झौतासँगै योजना लागु हुने ठाउँको भूगोलको बारेमा जानकारी हुने र उपभोक्तासँगको समन्वयमा सहजता हुने सब इन्जिनियर जमनी पनेरुले बताउनु भयो । पालिकामा सम्झौता गर्न बोलाउँदा सबै उपभोक्ता आउन सक्नुहुन्न,“उहाँले भन्नु भयो,“धेरै दिन समय पनि लाग्छ । उपभोक्ता समितिलाई योजनाका बारेमा आवश्यक जानकारी दिन पनि सकिदैन । वडामै आएर सम्झौता गर्दा ठाउँको ठाउँको भुगोल, योजना निर्माण स्थलको बारेमा जानकारी हुनुका साथै सम्बन्धित उपभोक्ताहरुसँग समन्वय पनि हुन्छ ।”

योजना सम्झौताका लागि खटिएको टोलीबाट योजना सम्झौता देखी काम सम्पन्न गर्ने र भुक्तानी लिने प्रक्रियाको बारेमा समेत जानकारी पाउने गरेको स्थानीय लक्ष्मण पछेराले बताउनु भयो । टोलीले योजना निमार्णमा चाहिने आवश्यक सामाग्री, आवश्यक कागजातका बारेमा जानकारी दिनुका साथै प्राविधिकहरुले योजनाको नापजाँच , सर्वेक्षण गरी स्टेटमेन्ट तयार गरिदिने गरेका कारण पनि सेवामा सहजता आएको उहाँले बताउनु भयो ।

गाउँपालिकाले पुस ७ गते देखि योजना सम्झौता कार्यक्रम सुरु गरेको थियो । आगामी शुक्रबार सम्ममा सबै योजनाहरुको सम्झौता सकेर कार्य आदेश दिने योजना रहेको गाउँपालिकाले जनाएको छ । वडा स्तरमा गएर योजना प्रक्रियाको बारेमा जानकारी गराउने र सम्झौता गर्ने यो पहिलो पालिका हो । गाउँपालिकाले ५ लाख देखि १५ लाख सम्मका योजनाहरु छनोट गरेको छ भने वडाहरुले एक लाख देखि १० लाख सम्मका योजनाहरु छनोट गरेर सम्झौता गरिरहेको छ ।

Related News

खानेपानीका मुहान सुकेपछि जिल्लाभर पानीको हाहाकार
खानेपानीका मुहान सुकेपछि जिल्लाभर पानीको हाहाकार
  • २०७९ पुष १३, बुधबार १९:०९

पर्वतको अधिकांश स्थानीय पालिकामा रहेका पानीको मुहान सुकेपछि गाउँघरमा पिउनेपानीको हाहाकार हुन थालेको छ । विगतमा कहिले पनि हिउँदमा नसुकेका...

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन, अध्यक्षमा पुन: खत्री
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन, अध्यक्षमा पुन: खत्री
  • २०७९ पुष १३, बुधबार १९:०९

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८...

जेठ १४ गतेदेखि म्याग्दीमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने
जेठ १४ गतेदेखि म्याग्दीमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने
  • २०७९ पुष १३, बुधबार १९:०९

म्याग्दीमा सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबल हुने भएको छ । नेकपा...

TOP