२०८३ बैशाख २०
May 3, 2026, Sunday

लिटिल गार्डेनमा ‘फुड फेस्टिवल’

 बेनीको लिटिल गार्डेन एकेडेमीमा शुक्रबार प्रथम खाना महोत्सव (फुड फेस्टिभल) भएको छ ।

Advertisement

गणेश टोल स्थित लिटिल गार्डेन एकेडेमीको प्रि प्राइमरी ब्लकमा कक्षा ६ देखि ९ का विद्यार्थीहरुको सहभागितामा खाना प्रर्दशनी सहितको महोत्सव गरिएको हो । विद्यार्थीहरुमा सिर्जनशिलता र पाककलाको विकास गराउदै व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यले पहिलो पटक खाना महोत्सव आयोजना गरिएको प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो ।

Advertisement

रु. २१ हजार ५०० लगानी गरेर ४२ हजार २०० को परिकार बिक्री गरेका थिए । ७ वटा समूहमा विद्यार्थीहरुलाई बिभाजन गरेर खाना महोत्सवमा सहभागी गराइएको थियो । खिर, अचार, अस्सी, प्राउन, पापड, सलाड, मःम, रोष्ट, भुजा थाली, आलु चिप्स, कर्नबर्ग, पे्रmन्च फ्राई, सेकुवा, परौठा, प्याजी, पास्ता, ससेज, फ्रुट सलाद, सेलरोटी, अण्डारोल, चिया, बिरयानी, दहि लगायतका परिकार बनाएका थिए ।

विद्यार्थीहरुले खानाका विभिन्न परिकार बनाएर कार्यक्रममा सहभागी शिक्षक, अभिभावक र अन्य विद्यार्थीहरुलाई बेचेका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नगेन्द्रप्रसाद गौतमले नियमित पठनपाठनका अतिरिक्त घरायसी कामकाजसँग सम्बन्धित ज्ञान, सिपको विकास गराउन खाना महोत्सव आयोजना गरिएको बताउनुभयो ।

विद्यालयका शैक्षिक सल्लाहकार प्रेम जिसीले बालबालिकाहरुलाई घरायसी काममा सहभागी हुन र अभिभावक तथा बालबालिकालाई एक आपसमा नजिक बनाउन सहयोग पुगेको बताउनुभयो ।

विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले विद्यार्थीहरुलाई किताबी र सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान, सिप तथा सामाजिक, वातावरणीय विषयका गतिबिधिमा पनि सहभागी गराउदै आएको बताउनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ चैत्र ४, शनिबार ०२:००

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ चैत्र ४, शनिबार ०२:००

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ चैत्र ४, शनिबार ०२:००

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP