२०८२ बैशाख १३
April 26, 2025, Saturday

लिटिल गार्डेनमा ‘फुड फेस्टिवल’

 बेनीको लिटिल गार्डेन एकेडेमीमा शुक्रबार प्रथम खाना महोत्सव (फुड फेस्टिभल) भएको छ ।

Advertisement

गणेश टोल स्थित लिटिल गार्डेन एकेडेमीको प्रि प्राइमरी ब्लकमा कक्षा ६ देखि ९ का विद्यार्थीहरुको सहभागितामा खाना प्रर्दशनी सहितको महोत्सव गरिएको हो । विद्यार्थीहरुमा सिर्जनशिलता र पाककलाको विकास गराउदै व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यले पहिलो पटक खाना महोत्सव आयोजना गरिएको प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो ।

Advertisement

रु. २१ हजार ५०० लगानी गरेर ४२ हजार २०० को परिकार बिक्री गरेका थिए । ७ वटा समूहमा विद्यार्थीहरुलाई बिभाजन गरेर खाना महोत्सवमा सहभागी गराइएको थियो । खिर, अचार, अस्सी, प्राउन, पापड, सलाड, मःम, रोष्ट, भुजा थाली, आलु चिप्स, कर्नबर्ग, पे्रmन्च फ्राई, सेकुवा, परौठा, प्याजी, पास्ता, ससेज, फ्रुट सलाद, सेलरोटी, अण्डारोल, चिया, बिरयानी, दहि लगायतका परिकार बनाएका थिए ।

विद्यार्थीहरुले खानाका विभिन्न परिकार बनाएर कार्यक्रममा सहभागी शिक्षक, अभिभावक र अन्य विद्यार्थीहरुलाई बेचेका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नगेन्द्रप्रसाद गौतमले नियमित पठनपाठनका अतिरिक्त घरायसी कामकाजसँग सम्बन्धित ज्ञान, सिपको विकास गराउन खाना महोत्सव आयोजना गरिएको बताउनुभयो ।

विद्यालयका शैक्षिक सल्लाहकार प्रेम जिसीले बालबालिकाहरुलाई घरायसी काममा सहभागी हुन र अभिभावक तथा बालबालिकालाई एक आपसमा नजिक बनाउन सहयोग पुगेको बताउनुभयो ।

विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले विद्यार्थीहरुलाई किताबी र सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान, सिप तथा सामाजिक, वातावरणीय विषयका गतिबिधिमा पनि सहभागी गराउदै आएको बताउनुभयो ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०७९ चैत्र ४, शनिबार ०२:००

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०७९ चैत्र ४, शनिबार ०२:००

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०७९ चैत्र ४, शनिबार ०२:००

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP