२०८३ श्रावण ९
July 25, 2026, Saturday

जन्मदिनमा व्यवसायी श्रेष्ठद्धारा विरामी र बालबालिकालाई सहयोग

 म्याग्दीको बेनी नगरपालिका–७ संगमचोकका व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएका छ ।

Advertisement

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई रु. २५ हजार सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदिन मनाउने गर्दै आउनुभएको छ ।

फोक्सोको क्यान्सरबाट थलिएको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भई हाल बेनी नगरपालिका–८ शिक्षामार्गमा बस्ने दूधकुमारी शेरपुञ्जा (दुर्गा मगर)को उपचारका लागि रु. दश हजार सहयोग गर्नुभएको छ ।

यसैगरी बेनी सामुदायिक माविको कक्षा १ मा अध्ययनरत असाहय बालक निमेश खड्काको पठनपाठनमा रु. पाँच हजार सहयोग गर्नुभएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहका बालबालिकाहरुको लागि रु. पाँच हजार सहयोग गर्नुभएको छ ।

त्यस्तै श्रेष्ठले घाटीको खाने नलिमा क्यान्सर भई पोखरा जे.एम.सी. हस्पिटलमा उपचार गराईरहनु भएकी बेनी नगरपालिका–६ जमुनाखर्ककी देवि कुमारी शाहीलाई श्र रु ५ हजार सहयोग गर्नुभएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP