म्याग्दीको बेनी नगरपालिका–७ संगमचोकका व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएका छ ।
म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई रु. २५ हजार सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदिन मनाउने गर्दै आउनुभएको छ ।
फोक्सोको क्यान्सरबाट थलिएको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भई हाल बेनी नगरपालिका–८ शिक्षामार्गमा बस्ने दूधकुमारी शेरपुञ्जा (दुर्गा मगर)को उपचारका लागि रु. दश हजार सहयोग गर्नुभएको छ ।
यसैगरी बेनी सामुदायिक माविको कक्षा १ मा अध्ययनरत असाहय बालक निमेश खड्काको पठनपाठनमा रु. पाँच हजार सहयोग गर्नुभएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहका बालबालिकाहरुको लागि रु. पाँच हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै श्रेष्ठले घाटीको खाने नलिमा क्यान्सर भई पोखरा जे.एम.सी. हस्पिटलमा उपचार गराईरहनु भएकी बेनी नगरपालिका–६ जमुनाखर्ककी देवि कुमारी शाहीलाई श्र रु ५ हजार सहयोग गर्नुभएको छ ।
घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...