२०८३ श्रावण ९
July 25, 2026, Saturday

छात्र भलिबलमा के वि एकेडेमी प्रथम

म्याग्दीको मालिका गाउँपालिका ७ बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ ।
जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले जनकल्याण मावि पुलाचौरलाई पराजित गर्दै प्रथम हुन सफल भएको हो ।

Advertisement

त्यसैगरी शिक्षक भलिवल प्रतियोगितामा शिशुकल्याण मावि अर्मन प्रथम हुन सफल भएको छ । शिक्षक भलिबल प्रतियोगितामा बाबियाचौर स्थित डनिङ बोर्डिङ स्कुल उपविजेता बनेको छ । छात्र भलिवल प्रतियोगितामा १६ विद्यालयका शिक्षकहरुको प्रतिष्पर्धा भएको थियो ।

त्यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बेनी नगरपालिका ४ तातोपानी प्रथम र शिवाङ द्धितीय हुन सफल भएका छन् ।
छात्र भलिबल प्रतियोगितामा प्रथम हुने के वि एकेडेमीले नगद रु ६० हजार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितीय हुने जनकल्याण मावि पुलाचौरले नगद रु ३५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी शिक्षक भलिवल तर्फ प्रथम हुने शिशुकल्याण मावि अर्मनले नगद रु २५ हजार र उपविजेता बनेको डनिङ बोर्डिङ स्कुल बाबियाचौरले नगद रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक किसान प्राविधिक शिक्षालयका भलिबल खेल संयोजक प्रेम जुग्जालीले जानकारी दिनुभयो ।

त्यसैगरी खुल्ला ब्याडमिन्टन प्रतियोगितातर्फ प्रथम हुन सफल बेनी नगरपालिका ४ तातोपानीले एउटा खसी सहित नगद रु ५ हजार र द्धितीय भएको शिवाङले एउटा खसी पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP