२०८० आश्विन १३
September 30, 2023, Saturday

छात्र भलिबलमा के वि एकेडेमी प्रथम

म्याग्दीको मालिका गाउँपालिका ७ बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ ।
जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले जनकल्याण मावि पुलाचौरलाई पराजित गर्दै प्रथम हुन सफल भएको हो ।

Advertisement

त्यसैगरी शिक्षक भलिवल प्रतियोगितामा शिशुकल्याण मावि अर्मन प्रथम हुन सफल भएको छ । शिक्षक भलिबल प्रतियोगितामा बाबियाचौर स्थित डनिङ बोर्डिङ स्कुल उपविजेता बनेको छ । छात्र भलिवल प्रतियोगितामा १६ विद्यालयका शिक्षकहरुको प्रतिष्पर्धा भएको थियो ।

Advertisement

त्यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बेनी नगरपालिका ४ तातोपानी प्रथम र शिवाङ द्धितीय हुन सफल भएका छन् ।
छात्र भलिबल प्रतियोगितामा प्रथम हुने के वि एकेडेमीले नगद रु ६० हजार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितीय हुने जनकल्याण मावि पुलाचौरले नगद रु ३५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी शिक्षक भलिवल तर्फ प्रथम हुने शिशुकल्याण मावि अर्मनले नगद रु २५ हजार र उपविजेता बनेको डनिङ बोर्डिङ स्कुल बाबियाचौरले नगद रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक किसान प्राविधिक शिक्षालयका भलिबल खेल संयोजक प्रेम जुग्जालीले जानकारी दिनुभयो ।

त्यसैगरी खुल्ला ब्याडमिन्टन प्रतियोगितातर्फ प्रथम हुन सफल बेनी नगरपालिका ४ तातोपानीले एउटा खसी सहित नगद रु ५ हजार र द्धितीय भएको शिवाङले एउटा खसी पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० असार ४, सोमबार ०९:२७

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० असार ४, सोमबार ०९:२७

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० असार ४, सोमबार ०९:२७

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP