२०८३ श्रावण ९
July 25, 2026, Saturday

बेनपा–७ ले विभिन्न विधाका १० जनालाई सम्मान

म्याग्दीको सदरमुकाममा अवस्थित बेनी नगरपालिका–७, विभिन्न विधाका १० जनालाई सम्मान गरेको छ । बुधबार वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको चालु आवमा भएका कार्यक्रमको समिक्षा तथा योजना प्राथमिकीकरण एवं विधागत सम्मान कार्यक्रममा जेष्ठ नागरिक भूमिसरा घिमिरे, कार्यसम्पादनमा सहयोगी भूमिका खेल्ने बराहपाखो सामुदायिक बनका अध्यक्ष बिष्णु गौतम, उपभोक्ता समितिको तर्फबाट रहमत खाँ,कौसीखेतीतर्फ साधनाकुमारी श्रेष्ठ, सहयोगी उत्कृष्ट कार्यालयमा डिभिजन बन कार्यालय, म्याग्दीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी खेलकुदतर्फ पूरानो खेलाडी रोशन राना,उदयमान फुटबल खेलाडी अनुपम श्रेष्ठ,पुख्यौली पेशातर्फ भिमबहादुर विक,कृषि तथा पशुपालनमा सुरेश ढुगाना र पत्रकारिता क्षेत्रमा हरिकृष्ण गौतमलाई जेष्ठ नागरिक सुर्यलाल पूर्जा, वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ,सुजना किसान लगायतले कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले वडाभित्र विभिन्न पेशामा आवद्ध रहेकालाई आगामी दिनमा समेत सम्मान सहितका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP