२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

बेनपा–७ ले विभिन्न विधाका १० जनालाई सम्मान

म्याग्दीको सदरमुकाममा अवस्थित बेनी नगरपालिका–७, विभिन्न विधाका १० जनालाई सम्मान गरेको छ । बुधबार वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको चालु आवमा भएका कार्यक्रमको समिक्षा तथा योजना प्राथमिकीकरण एवं विधागत सम्मान कार्यक्रममा जेष्ठ नागरिक भूमिसरा घिमिरे, कार्यसम्पादनमा सहयोगी भूमिका खेल्ने बराहपाखो सामुदायिक बनका अध्यक्ष बिष्णु गौतम, उपभोक्ता समितिको तर्फबाट रहमत खाँ,कौसीखेतीतर्फ साधनाकुमारी श्रेष्ठ, सहयोगी उत्कृष्ट कार्यालयमा डिभिजन बन कार्यालय, म्याग्दीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी खेलकुदतर्फ पूरानो खेलाडी रोशन राना,उदयमान फुटबल खेलाडी अनुपम श्रेष्ठ,पुख्यौली पेशातर्फ भिमबहादुर विक,कृषि तथा पशुपालनमा सुरेश ढुगाना र पत्रकारिता क्षेत्रमा हरिकृष्ण गौतमलाई जेष्ठ नागरिक सुर्यलाल पूर्जा, वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ,सुजना किसान लगायतले कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले वडाभित्र विभिन्न पेशामा आवद्ध रहेकालाई आगामी दिनमा समेत सम्मान सहितका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० असार ६, बुधबार १७:२१

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० असार ६, बुधबार १७:२१

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० असार ६, बुधबार १७:२१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP