२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

गलेश्वरमा एकदिनमा ३ लाख ६५ हजार भेटी संकलन

म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा एकै दिन ३ लाख ६५ हजार भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा साउन महिनाको पहिलो सोबार भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको हो । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो ।

Advertisement

सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ६५ हजार ६४५ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो । मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा गनेर सार्वजनिक गरिएको कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ ।

Advertisement

यस वर्षको साउन महिनामा ५ सोमबार परेकाले अन्य सोमबार समेत भक्तजनको भिड लाग्ने अनुमान गरिएको कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार १०२ सदस्यीय मुल तयारी व्यवस्थापन समिति र विभिन्न २३ वटा उपसमितिले पुजापाठ र मन्दिरको दर्शन गर्न भक्तजनहरुलाई सहज व्यवस्थापन मिलाएको छन् ।


कालीगण्डकीको किनारवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० श्रावण २, मंगलवार ०९:०८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० श्रावण २, मंगलवार ०९:०८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० श्रावण २, मंगलवार ०९:०८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP