२०८२ असार २
June 16, 2025, Monday

गलेश्वरमा एकदिनमा ३ लाख ६५ हजार भेटी संकलन

म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा एकै दिन ३ लाख ६५ हजार भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा साउन महिनाको पहिलो सोबार भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको हो । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो ।

Advertisement

सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ६५ हजार ६४५ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो । मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा गनेर सार्वजनिक गरिएको कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ ।

Advertisement

यस वर्षको साउन महिनामा ५ सोमबार परेकाले अन्य सोमबार समेत भक्तजनको भिड लाग्ने अनुमान गरिएको कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार १०२ सदस्यीय मुल तयारी व्यवस्थापन समिति र विभिन्न २३ वटा उपसमितिले पुजापाठ र मन्दिरको दर्शन गर्न भक्तजनहरुलाई सहज व्यवस्थापन मिलाएको छन् ।


कालीगण्डकीको किनारवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० श्रावण २, मंगलवार ०९:०८

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० श्रावण २, मंगलवार ०९:०८

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० श्रावण २, मंगलवार ०९:०८

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP