(टाेकिया जापान ) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जापानकाे केन्द्रीय सदस्यमा रामेशराज जैसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
जैसीले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि केन्द्रीय सदस्यीय पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
झण्डै १५ बर्षदेखि जापानमा बसोबास गर्दै आएका जैसीले जापानका विभिन्न व्यवसाय र सामाजिक गतिविधिमा रहेर काम गर्दै आएकाे बताएका छन् । जापानमा श्रमिक देखि दुखमा परेका व्यक्तिहरुकाे गुनासा सुन्न र एनआरएन मार्फत दुतावाससँग सहजिकरण गर्ने कार्ययाेजना ल्याउन समुहमा जुटने बताउछन् ।
हाल पर्वत समाज जापनका सहकाेषाध्यक्ष समेत रहेका रमेशराज जैसीले नेपालमा आर्थिक अवस्था कमजोर भएका अशक्त नागरिकलाई सहयाेग गर्दै अाइरहेका छन् । उनले एनआरएन केन्द्रीय सदस्यमा विजयी भइ समाजिक र सहयाेगी अभियानलाई तिब्रता दिने सुनाए । आगामी जुलाई ३० तारिखमा हुने निर्वाचन मार्फत एनआरएन जापानमा झण्डै दुई दर्जन पदाधिकारी रहने प्रावधान छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...