२०८३ श्रावण १५
July 31, 2026, Friday

म्याग्दीमा ३० प्रतिशतले गरे स्वास्थ्य बिमा

आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँँचमा ल्याउने उद्देश्यले सरकारको सामाजिक स्वाथ्यविकास बोर्डमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम म्याग्दीमा प्रभावकारी बन्दै गएको छ ।

Advertisement

भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तरलगायत चुनौतीका बाबजुद पनि बिमा कार्यक्रममा आमनागरिकको आकर्षण देखिएको स्वास्थ्य बिमा बोर्ड म्याग्दीका दर्ता अधिकारी उपेन्द्र बरालले जानकारी दिए ।

२०७३ पुस महिनादेखि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत म्याग्दीमा हाल सम्म ३२ हजार २४९ जनाले स्वास्थ्य बिमा गराएका छन् । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् ।
छ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिकामा ५ हजार १४, मंगला गाउँपालिकामा १ हजार ५९२, मालिका गाउँपालिकामा १ हजार ८७३, धवलागिरी गाउँपालिकामा ९३४, रघुगंगा गाउँपालिकामा १ हजार ६०९ र अन्नपूर्ण गाउँपालिकामा ९७८ घरपरिवारले स्वास्थ्य बिमा गरेको दर्ता अधिकारी बरालले बताए ।

म्याग्दीमा दरबाङ स्वास्थ्य केन्द्र र बेनी अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिन सकिन्छ । तर दरबाङमा भने स्वास्थ्य बिमा प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन् । प्रत्येक वडामा दर्ता सहयोगी हुने भएतापनी अझै ७ वटा वडामा दर्ता सहयोगी नभएका कारण स्वास्थ्य बिमा गर्न नागरिकलाई असहज भएको छ ।

बरालले भने, ‘नियमित डायोलोसिस गराईरहेका, ख बर्गको अपाङ्गता भएका व्यक्तहरु, एचआभी संक्रमित भएका र कुष्ठ रोगीका लागि निशुल्क स्वास्थ्य बिना हुन्छ, भने ११ सय ३३ प्रकारका औषधिहरु समेत निशुल्क पाहिन्छ ।’ तर यसको प्रचार प्रसार नहुदा नागरिकले सहज सुविधा लिन सनेका छैनन् ।

प्रत्येक परिवारमा ५ जनासम्मका लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ४ सय २५ रुपैयाँ शुल्क लाग्नेछ । बिमा गरेपछि एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने बोर्डले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ ।

बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP