२०८३ श्रावण ११
July 27, 2026, Monday

सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने चारजना सम्मानित

म्याग्दी जिल्लाको कला संस्कृति, साहित्य, लघुउद्यम, कृषि तथा पशुपालन र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने चार जनालाई सम्मान गरिएको छ । 

Advertisement

बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसर पारेर समाजमा योगदान पुर्‍याउने उत्कृष्ट चार जनालाई नगद ६ हजार रकम सहित सम्मान गरिएको नेपाल जेसीजका सिनेटर रमेशकुमार श्रेष्ठले बताउनुभयो । गीत सङ्गीत, सामाजिक क्षेत्र, कृषि तथा पशुपालन र लघुउद्यम गरी चार वटा विधामा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई छनौट गरिएको उहाँले बताउनुभयो । 

कृषि र पशुपालन क्षेत्रमा योगदान पुर्‍याउने धवलागिरि गाउँपालिका-३ मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्याल, गति सङ्गीत मार्फत जिल्लालाई चिनाउन सफल भएको भन्दै लोकप्रिय गायक मङ्गला गाउँपालिका-३ का प्रकाश दुतराज, विपत् व्यवस्थापन तथा उद्धारमा क्रियाशील भएर समाजमा उत्कृष्ट योगदान दिएको भन्दै अन्नपूर्ण गाउँपालिका-३ दानाका इन्द्रसिंह शेरचन र युवा लघुउद्यमी धवलागिरि गाउँपालिका-७ धारापानीका किरण थापालाई सम्मान गरिएको हो । 

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रतिनिधि सभाका सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभाका सदस्यहरू हरि भण्डारी, विमला गौचन र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायत जेसीजका पदाधिकारीहरूले दोसल्ला र सम्मान–पत्रले उहाँहरूलाई सम्मान गर्नुभएको हो । 

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP