म्याग्दी जिल्लाको कला संस्कृति, साहित्य, लघुउद्यम, कृषि तथा पशुपालन र सामाजिक क्षेत्रमा योगदान पुर्याउने चार जनालाई सम्मान गरिएको छ ।
बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसर पारेर समाजमा योगदान पुर्याउने उत्कृष्ट चार जनालाई नगद ६ हजार रकम सहित सम्मान गरिएको नेपाल जेसीजका सिनेटर रमेशकुमार श्रेष्ठले बताउनुभयो । गीत सङ्गीत, सामाजिक क्षेत्र, कृषि तथा पशुपालन र लघुउद्यम गरी चार वटा विधामा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई छनौट गरिएको उहाँले बताउनुभयो ।
कृषि र पशुपालन क्षेत्रमा योगदान पुर्याउने धवलागिरि गाउँपालिका-३ मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्याल, गति सङ्गीत मार्फत जिल्लालाई चिनाउन सफल भएको भन्दै लोकप्रिय गायक मङ्गला गाउँपालिका-३ का प्रकाश दुतराज, विपत् व्यवस्थापन तथा उद्धारमा क्रियाशील भएर समाजमा उत्कृष्ट योगदान दिएको भन्दै अन्नपूर्ण गाउँपालिका-३ दानाका इन्द्रसिंह शेरचन र युवा लघुउद्यमी धवलागिरि गाउँपालिका-७ धारापानीका किरण थापालाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रतिनिधि सभाका सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभाका सदस्यहरू हरि भण्डारी, विमला गौचन र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायत जेसीजका पदाधिकारीहरूले दोसल्ला र सम्मान–पत्रले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...
माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...
केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...