२०८३ असार १
June 15, 2026, Monday

पहिरोले महभिरका दुई घर पुरिए, १६ घर जोखिममा

म्याग्दीको मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ भने १६ घर पहिरोको जोखिममा परेका छन् । आज विहान भारी बर्षासंगै बस्ती माथिको सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको छ ।

Advertisement

रातको समयमा पहिरो खस्न थालेपछि स्थानीयबासीले भाडदौड गरेर ज्यान जोगाएका थिए । भारी वर्षा संगै खसेको पहिरोले काले कामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षती पु¥याएको वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो ।

Advertisement

पहिरोले घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरिएका छन् । विस्थापित कामी र घर्तीको परिवारलाई छिमेकीको घरमा सुरक्षित रुपमा बस्ने प्रवन्ध मिलाईएको छ । पहिरोले घरगोठ पुँरीदा रु १० लाख बढीको क्षति भएको वडा सदस्य गुरुङले बताउनुभयो ।

यसैबिच मध्यरातमा बाढीले बस्तीमा बितण्डा बच्चाएपछि मालिका गाउँपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पहिरोले क्षति पु¥याएको क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, वडा अध्यक्ष भेजेन्द्रमान पुन लगायतको टोलीले पहिरो पीडितको अवस्था र पहिराले पु¥याएको क्षतिको अवस्थाबारे स्थलगत निरिक्षण गर्नुभएको हो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP