म्याग्दीको मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ भने १६ घर पहिरोको जोखिममा परेका छन् । आज विहान भारी बर्षासंगै बस्ती माथिको सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको छ ।
रातको समयमा पहिरो खस्न थालेपछि स्थानीयबासीले भाडदौड गरेर ज्यान जोगाएका थिए । भारी वर्षा संगै खसेको पहिरोले काले कामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षती पु¥याएको वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो ।
पहिरोले घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरिएका छन् । विस्थापित कामी र घर्तीको परिवारलाई छिमेकीको घरमा सुरक्षित रुपमा बस्ने प्रवन्ध मिलाईएको छ । पहिरोले घरगोठ पुँरीदा रु १० लाख बढीको क्षति भएको वडा सदस्य गुरुङले बताउनुभयो ।
यसैबिच मध्यरातमा बाढीले बस्तीमा बितण्डा बच्चाएपछि मालिका गाउँपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पहिरोले क्षति पु¥याएको क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, वडा अध्यक्ष भेजेन्द्रमान पुन लगायतको टोलीले पहिरो पीडितको अवस्था र पहिराले पु¥याएको क्षतिको अवस्थाबारे स्थलगत निरिक्षण गर्नुभएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...
माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...
केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...