२०८३ श्रावण १३
July 29, 2026, Wednesday

अहिले नै ‘मिसन–८४’ को औचित्य छैन ः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनतालाई आश्वासन दिने बाहेक ‘मिसन-८४’ को औचित्य नभएको बताए । नेकपा (एमाले),राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न अभियानमार्फत २०८४ सालमा हुने संसदीय निर्वाचनलाई लक्षित गरेर कार्यक्रम घोषणा गर्नु राजनीतिक बेइमानी भएको बताए । 

Advertisement

नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनको आइतबार सदरमुकाम बेनीमा उद्घाटन गदैं महामन्त्री शर्माले एक बर्ष अगाडी निर्वाचनमा निर्वाचित सांसद भएका पार्टीले नै मिसन–८४ को घोषणा हतारको राजनीति भएको बताए ।

उनले सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताए ।

 सम्मेलनलाई सम्बोधन गर्दे महामन्त्री शर्माले देश बनाउने चिन्ताभन्दा चुनाव कसरी जित्ने भन्नेमात्र सोँचको अन्त्य आवश्यक रहेको बताए ।

कांग्रेससँग देश बनाउन भिजन रहेकोसमेत शर्माले दाबी गरे। ‘ अब मिसन ८४ होइन, भिजन ९५ हुनुपर्छ, १५ वर्षभित्र देशलाई कस्तो बनाउने भनेर भिजन बनाउन कांग्रेस तयार छ’ महामन्त्री शर्माले भने ।

 उनले जाजरकोट र रुकुममा भूकम्पबाट ज्यान गुमाएका र भत्किएका संरचनाको पुर्ननिर्माण मिसन ८४ ले पूरा नगर्ने बताए । ‘अब देशभरी भूकम्पप्रतिरोधात्मक घर कसरी बनाउने, जनताको आवश्यकता पूरा गर्ने भन्ने चिन्ता हुनुपर्छ,‘ठूला र पूरै हुन नसक्ने आश्वासनकै कारण अहिले ब्यवस्थाप्रति नै प्रहार भइरहेको छ’ महामन्त्री शर्माले भने ।

उनले चुनाव एउटा नियमित प्रक्रिया भएकाले कांग्रेसलाई हरेक निर्वाचन हुनुभन्दा एकबर्ष अगाडी मात्रै चुनाव लाग्ने बताए । 

महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र चारपटकसम्म मात्र सांसद बन्न पाउने व्यवस्थाका लागि अहिलेको आवश्यकता रहेको बताए ।कांग्रेसका केन्द्रदेखि गाउँ तहसम्मका नेता तथा कार्यकर्ताले बाटो बिराएको भन्ने चिन्ता बढिरहेको अवस्थामा कांग्रेसले नेतृत्व गरेको स्थानीय तहबाट जनताको आवश्यकता पूरा गर्न निरन्तर सक्रिय हुनुपर्ने बताए । 

उनले राष्ट्रियता र संसदीय व्यवस्थाको विपक्षमा कुनै पनि सम्झौता नगर्ने बताए। जिल्ला सम्मेलनमा जिल्लाका सबै ६ वटै स्थानीय तहका ४५ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित केन्द्रियस्तरका नेताहरुको उपस्थिती रहेको थियो । 

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP