२०८३ श्रावण ७
July 23, 2026, Thursday

तिन बर्ष यता म्याग्दीमा औलोका बिरामी शुन्य, प्रयोगशाला र ल्याब टेक्निसियन नहुदा बिरामीको पहिचानमा समस्या

स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुदाँ समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ती र पूर्वाधारको अभावका कारण अभियान प्रभावित बनेको छ ।

Advertisement

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा म्याग्दीको ६ वटै स्थानीय तहमा कुल २ लाख ६ हजार ७०४ जनसंख्यामा बार्षिक १४ सय जनाको नमुना परीक्षणका लागि ल्याब टेक्निसियन र परीक्षणका लागि प्रयोगशालाको आवश्यकता रहेको कार्यालय प्रमुख भुवन ठकुराठीले बताए ।

उनका अनुसार म्याग्दीमा आयातित औलोको बिरामीको जोखिम रहेकाले सम्भावित क्षेत्रमा नमुना संकलनमा समेत जनशक्तीको अभावले प्रयोगशालाबाट प्रमाणित औलो रोगीको पहिचानमा समस्या भएको बताए । जिल्लाभर स्वास्थ्य संस्थामा समेत प्रयाप्त प्रयोगशाला नभएको अवस्थामा स्वास्थ्य कार्यालयमा दरबन्दी अनुसारको जनशक्ती भएमा सहज हुने प्रमुख ठकुराठीको भनाई छ ।

म्याग्दीमा बेनी अस्पताल, प्राथमिक उपचार केन्द्र दरबाङ बाहेक अन्नपूर्ण गाउँपालिकामा २,रघुगंगा गाउँपालिकामा २,मालिका गाउँपालिकामा १ र धवलागिरी गाउँपालिकामा १ प्रयोगशाला रहेको छ भने मंगला गाउँपालिकामा छैन ।दक्षिण एशियामा औलोको उच्च जोखिममा रहेको भारतबाट धार्मिक तथा रोजगारीका लागि म्याग्दीमा बर्षेनी ठूलो संख्यामा भित्रिने गरेकाले जोखिममा रहेको स्वास्थ्य कार्यालयका गणेश सुबेदीले बताए ।

जिल्लामा निजी स्वास्थ्य संस्थाको प्रभावकारी समन्वयको अभावका कारण पनि शंकास्पद बिरामीको पहिचानमा समस्या भएको र सचेतनामुलक अभियानको अभावका कारण रोगीले समेत समयमै उपचार नपाउने अवस्था रहेको बताइएको छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।गण्डकी प्रदेशमा आर्थिक बर्ष २०७७÷०७८ मा १२ जना, ०७८÷७९ मा १३ जना र ०७९÷०८० मा २६ जना अन्य देशबाट आएका बिरामीको पहिचान भएको थियो । यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ।

यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।टाउको दुख्नु, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन्। समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP