२०८३ श्रावण ९
July 25, 2026, Saturday

माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी एक महिलालाई लायन्सकाे आर्थिक सहयोग

माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकदशक अगाडी गम्भीर घाईते हुनुभएकी पर्वतको जलजला गाउँपालिका वडा नं २ पूर्णगाउँकी एक महिलालाई लायन्स क्लवले ४५ हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

लायन्स क्लव अफ बेनी मल्लाज, लायन्स क्लव अफ बेनी जलजलाले ४६ हजार ११० रुपैयाँ आर्थिक सहयोग संकलन गरी पीडित भगवती गौतमलाईको घरमा पुगेर हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर रहेको अवस्थामा उपचार तथा अन्य खर्चमा सहज हुने गरी आर्थिक जुटाएर सहयोग गरिएको लायन्स क्लव अफ बेनी मल्लाजका कोषाध्यक्ष किरण कार्कीले बताउनुभयो ।

सहयोग हस्तान्तण कार्यक्रममा लायन्स क्लव मल्लाजका अध्यक्ष चन्द्रबहादुर क्षत्री, लायन्स क्लव बेनी जलजलाका अध्यक्ष नारायण पौडेल लगायतको उपस्थिती रहेको थियो । विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्थाको रुपमा चिनिएको लायन्स क्लवले शिक्षा, स्वास्थ्य सहित सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने गरेको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP